फागुन, ६ काठमाडौं । – आईसीसी टी २० विश्वकपको ग्लोबल छनोटको पहिलो खेलमा नेपालले ओमानलाई ३९ रनले हराएकाे छ । नेपालले घरेलु टाेली ओमानलाई ३९ रनले पराजित गरेको हो।
नेपालले दिएकाे ११८ रनकाे लक्ष्य पछ्याएकाे ओमान १७ ओभरमा ७१ रनमै अलआउट हुदै ओमानका नासिम खुशीले १८ बलमा एक चौका र दुई छक्कासहित २४ रनबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपाल घरेलु टाेलीलाई जिताउन कमल सिंह ऐरी, जितेन्द्र मुखिया, कप्तान सन्दीप लामिछानेले २–२ विकेट लिए । अभिनाश बोहरा र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाएको थियो ।
सुरुवातदेखि नै उत्कृष्ट बलिङ प्रदर्शन गरेकाे नेपालका यसअघि ओमानकाे अल अमिरात रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर ११७ रन बनाएको थियो ।नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन बनाएका छन् ।आरिफ शेखले ३७ बलमा २ चौका प्रहार गर्दै कप्तान सन्दीप लामिछानेले ७ बलमा १६ रन बनाए । नेपालका पाँच खेलाडीले मात्र दोहोरो अंक जोड्न सके भने बलिङमा खवर अलीले तीन, बिलाल खानले दुई तथा फय्याज बट र जिशान मकसूदले एकरएक विकेट लिदै प्रतियोगिता अघि ओमानसँग खेलिएको चार देशीय सिरिजमा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो ।