काठमाडौं – लोक प्रिय गायक रमण थामीको आवाजमा “ऊपमा के दिऊँ”बोलको गीत सार्वजनिक भएको छ । गीतले जिन्दगीका कठिन मोडहरू र कहाली लाग्दा आरोह-अवरोहहरूमा आफ्नो मन पर्ने मान्छेको प्यार, साथ, र सद्भाव पाउँदा जीवन कस्तो हुँदोरहेछ भन्ने भावनामा लेखिएको यो गीत । माया प्रेमको कुरालाई देखाउन खोजेको छ।
गीतमा बाबुराम श्रेष्ठ शब्द(रचना) स्वर र संगीत रमण थामीको रहेको छ । त्रिताल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरेको गीतलाई सुन्दर लामाले संयोजन गरेका हुन्। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।