Home > मुख्य समाचार > आजको मौसम कस्तो छ ?हेर्नुहोस्

आजको मौसम कस्तो छ ?हेर्नुहोस्

२०७८ माघ ११ गते (मंगलबार) -जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाको जानकारी अनुसार,आजको मौसम कस्तो छ ? हेर्नुहोस्

हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल देशभर आँशिक देखि सामान्य बदली रहेको छ।

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।

राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भुभागका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *