Home > मुख्य समाचार > हाँस्य कलाकार विश्वराम ढलाकोटि”गफाडी”सँगको रमाईलो कुराकानी

हाँस्य कलाकार विश्वराम ढलाकोटि”गफाडी”सँगको रमाईलो कुराकानी

११ माघ २०७८,काठमाडौं। सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका ७  ज्यामिरे गाउँमा जन्मनु भएका  कलाकार विश्वराम ढलाकोटी “गफाडी”। इन्द्रेश्वरी बहुमुखी क्याम्पस मा कक्षा ११ ,सानोठिमी बहुमुखी क्याम्पसम कक्षा १२ भक्तपुर बहुमुखी क्याम्पसवाट समाजशात्र विषयमा स्नातक तह सम्मको अध्यान शिक्षा हासिलगर्नु भएको छ । उनको विचारमा कलाकारिता मार्फत समाजसेवा गर्नु नै मेरो जीवनको लक्ष्य हो भन्ने उद्देश्यले सानै उमेर देखि कलाकारिता,साहित्य एवम समाजिकिकरण जस्ता विषयहरुमा रुचि राख्ने उहाँको स्वभाव थियो । अध्यानसङ्गै कलाकारिता क्षेत्रलाई पनि अगाडि बढाउने मनसाय बनाएर काठमाडौका गल्लिहरुमा भौतारिरहदा रत्नपार्कमा द्रृश्टीविहिन्  ब्यक्तीहरुले गित गाइरहेको अनि वाटो हिड्ने मान्छेहरुले पैसा हालिदिको र केही पर जादु देखाएर पैसा मागेको देख्दा उहाँको मनमा कलाकारिता को भोक झनै जागेर आएछ । विभिन्न ठाउँमा सकारात्मक, सन्देशमुलक, नाट्क प्रदशन थ्रेटर हलमा ,टेलिसिरियल मा विभिन्न चरित्र निर्वाह गरि समाजमा सकारात्मक सन्देश प्रवाह गरिरहनु भएको हाँस्य कलाकार विश्वराम ढलाकोटी “गफाडी”। च्छोरोल्पा अन्लाइन खबर र मासिक पत्रिकाका प्रधान सम्पादक सगर थपलिया सँगको कुराकानी-

१ . नमस्कार विश्वराम ढलाकोटी जी सन्चै हुनहुन्छ ?
हजुर नमस्कार म सन्चै छु ।

२.हाम्रो दर्सकलाई तपाइको परिचय दिनुस ?
म हाँस्य कलाकार विश्वराम ढलाकोटी “गफाडी” सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका ज्यामिरे गाउँमा पिता मुरलि, माता सुन्तली ढलाकोटीको कोखवाट वि:स २०५३भाद्र ५ गते जन्मेको जेठो सन्तान

  ३.तपाईको दिनचर्याहरु कसरी बितिरहेका छन् ?
उत्तर– म साथीहरू साङ्ग मिलेर र विभिन्न ठाउँमा सकारात्मक सन्देशमुलक नाट्क प्रदशन हाल थ्रेटर,टेलिसिरियल मा विभिन्न चरित्र निर्वाह गरि समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने काम गर्ने गर्छु ।

. तपाईको कलाकारिता,क्षेत्रबाट सामाजिक सेवाको बारेमा प्रष्ट पारीदिनुस न ?
उत्तर– मैले अघिनै भने, विभिन्न कारणले समाजमा पछि परेका पाछाडी पारिएकाहरुलाई अलि दुर्गम र ग्रामिण भेगमा सकारात्मक सन्देशमुलक नाट्क प्रदशन गरेर आमा बुवा अझ बालबालिकालाई आवश्यक स्वास्थ्य शिक्षाको लागि ध्यान दिन्छु ।आजका बालबालिकाहरुको काँधमा नै भोलि यो देश रहने हुदाँ उनिहरुको उन्नतीले मात्र देश विकास हुन्छ । अतः बालबालिकालाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु गर्ने गर्छौ ।

५. सामाज सेवा गर्नुपर्छ भन्ने प्रेरणा को बाट कसरी प्राप्त गर्नु भो ?
उत्तर– मानिस समाजिक प्राणी ” हो । समाज विनाको संसार हामी कल्पना पनि गर्न सक्दैनौ । सामाज विपन्न वर्ग , ज्ञान ,जात ,धर्मका मानिस हुन्छन् । हाम्रो समाजमा आज नैतिक युगमा पनि धेरै विभेद छ । त्यो नै चेतनाको अभाबले र कमि ले हो। म अहिले समाजमा पिछडिएका र विकासमा पछाडी पारिएका बालबालिका भोलि यो देशमा कसरी चेतना फैलाएर सबै खुसी हुन सक्दछन उहाहरुलाई बिभिन्न कार्यक्रम मार्फत सचेत गराउने मेरो उदेस्य चिन्ताको विषय हो ।
सर्वे भवन्तु सुखिन ः सर्वे सन्तु निरामया ः
सर्वे भद्राणी पश्यन्तु माकस्चित् दुःख भाग भवेत ।
आदिकवि भानुभक्तको घाँसीबाट अनि आफ्नो परिवार र समाजमा रहेका बिशिस्ठ व्यक्तिहरुबाट प्रेरणा पाएको हुँ ।

  ६ . तपाईको कलाकारिता,क्षेत्रको लक्षित वर्गहरु के -के हुन ?
उत्तर – हाम्रो देशमा भौगोलिक,सांस्कृतिक र भाषिक विविधता रहेको छ । तर हामी भूगोलको विकटताले गर्दा विकासमा धेरै पछि छौ। संसार हामी भन्दा धेरै अगाडी गइरहेको छ । यस अवस्थामा हामि निकै कमजोर अवस्थामा रहेका छौ ।मेरो कलाकारिता,साहित्य एवम समाजिकिकरण जस्ता विषयहरुमा रुचि राख्ने कोही पनि बन्चित नहुन,कोही पनि पछाडी नपरुन ” भन्ने कुरालाई आत्मसाथ गर्दै अगाडी बढीरहेको छु ।

७ – तपाईले कला क्षेत्र अंगालेर के हासिल गर्नु भो ?
उत्तर – —मैले कला क्षेत्रमा मान, सम्मान र कलाकारको परिचय पाएं । अग्रज कलाकारहरुसंग उठवस गर्ने मौकाको साथै कलाकारीतामा हुनु पर्ने ज्ञानहरु सिक्ने शुभ अवसर पाएँ, खुसि लाग्छ वस ।

८.यहांलाई हास्य व्यंग्य चलचित्रमा कस्तो भूमिका मन पर्छ ?

उत्तर —र्सिगो समाजलाई सतकर्मको अग्रगमन दिशा तर्फ उन्मुख गराउन सक्ने भुमिकामा अभिनय गर्ने इच्छ थियो र त्यस्तै भुमिका मन पर्छ

९.कस्को देखासिखीमा कलाकार बन्नु भो ?
सानै उमेर देखि कलाकारिता , साहित्य एवम समाजिकिकरण जस्ता विषयहरुमा रुचि राख्ने उहाँको स्वभाव थियो । माध्यमिक तहको अध्यान गाउँकै श्री जनता माध्यमिक विद्यालयमा पूरा गरि उच्च शिक्षाको लागि राजधानी आउनु भयो । इन्द्रेश्वरी बहुमुखी क्याम्पस मा कक्षा ११ , सानोठिमी बहुमुखी क्याम्पसम कक्षा १२ भक्तपुर बहुमुखी क्याम्पसवाट समाजशात्र विषयमा स्नातक तह सम्मको अध्यान गर्नुभयो । अध्यानसङ्गै कलाकारिता क्षेत्रलाई पनि अगाडि बढाउने मनसाय बनाएर काठमाडौका गल्लिहरुमा भौतारिरहदा रत्नपार्कमा द्रृश्टीविहिन् ब्यक्तीहरुले गित गाइरहेको अनि वाटो हिड्ने मान्छेहरुले पैसा हालिदिको र केही पर जादु देखाएर पैसा मागेको देख्दा मेरो मनमा कलाकारिता को भोक झनै जागेर आयो ।
 १०.कलाकारीतामा लाग्ने केटीहरु बिग्रिन्छ तपाईं के भन्नु हुन्छ ?
उतार —विग्रीने मान्छेहरु जुन कुनै क्षेत्रमा लागे पनि बिग्रीन्छ, कलाकारीताजस्तो पवित्र चेतना मुलक क्षेत्रलाई लाञ्छना लगाउनु गलत सोंचको प्रतिविम्ब हो मलाइ लाग्छ ।

११. कलाकारिता क्षेत्रमा काम गरेर अर्थ आर्जन त हुँदैन होला नि ?
उत्तर – —पैसा कमाउने मात्र ठूलो काम होइन, सामाजिक प्राणीहरुको हित कार्य पनि एक प्रकारले ठूलो उपलब्धी हो । यहि मानविय कर्म हो। मनुष्य जातीको धर्म पनि हो । धनले भौतिक आवश्यकता प्राप्त होला संस्कार,संस्कृतिबाट अछुटो नहोला भन्न सकिन्न ।परिवर्तन अवश्यंभावि छ। तर परिवर्तनको गति हाम्रो समाजमा अलिढीलो भए जस्तो मलाई लाग्छ । युग सुहाउदो शिक्षा र स्वास्थ्यमा सवैको पहुँच पु¥याउन सके मेरो सपना पुरा भएको मान्ने छु आर्जन तेही हो ।

१२.बिबाह गर्नु भयो ?
मेरो यहि मिति २०७८माघ २३ गते काभ्रेपलान्चोक जिल्ला पाँचखाल नगरपालिका कोसिदेखा गाउँमा जन्मनु भएकी अनिशा तोलाङ्गे सङ्ग विबाह वन्धनमा बाँधिदै छु।

१३.अन्तमा ?

थोपा थोपा मिलेर समुन्द्र बन्छ भनेझै समाज सुधार र परिवर्तनको यात्रामा सबैको सहयोगको अपेक्षा राखेकी छु । यस अनलाइन खबर मार्फत आफ्ना कुराहरु राख्ने मौका दिनु भएकोमा च्छोरोल्पा अनलाइन खबर, मासिक खबर पत्रीका प्रति आभार व्यक्त गर्दछु । मेरो एकल प्रयास बाट मात्र यो समाज सुधार र परिवर्तनको माहान यज्ञ सम्पन्न हुनसक्दैन् त्यसैले आउनुहोस हामी सबै हातेमालो गरेर महान यज्ञलाई सफल बनाउ। साथै आगामी दिनहरुमा पनि कलाकारिताको क्षेत्रवाट शुक्र ताराजस्तै चम्किरहनुस पुनः शुभकामना । जय देश,जय कलाकरिता । हार्दिक बधाई तथा मंगलमय शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *