२०७८ माघ ०९ गते (आईतबार)-जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाको जानकारी अनुसार,आजको मौसम कस्तो छ ? हेर्नुहोस्
हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको छ।सुदुरपश्चिम, कर्णाली र मधेसका प्रदेशका भू-भागमा सामान्य देखि पूर्णतया बदली रही बाँकीप्रदेशका भू-भागमा सामान्य बदली रहेको छ। सुदुरपश्चिम, कर्णाली र मधेश प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहने छ। लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केहि स्थानहरुमा मेघ/ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ भने बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा साथै गण्डकी, बागमती र प्रदेश न १ का उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको संभावना छ।
राती : देशभर सामान्य देखि पूर्ण बदली रहने छ। सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ/ गर्जन चट्याङ्ग सहित हल्का देखी मध्यम वर्षाको संभावना रहेको छ भने बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको संभावना छ। http://www.mfd.gov.np/content/?id=3714
साभार -नेपाल सरकार
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय
जल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान महाशाखा
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)
जारी मिति: २०७८/१०/०९ बिहान ६:०० बजे