२०७८ माघ ०७ गते (शुक्रबार)-मौसम पूर्वानुमान बुलेटिन जारी मिति: २०७८/१०/०६ सांझ ६:०० बजे
हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ।हाल देशभर आंशिक देखि सामान्य बदली भई थोरै स्थानहरुमा वर्षा/हिमपात भईरहेको छ ।
दिउँसो : देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। हरेक प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।
राती : देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।http://www.mfd.gov.np/content/?id=3705
साभार – नेपाल सरकार
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय
जल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान महाशाखा
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)
जारी मिति: २०७८/१०/०६ सांझ ६:०० बजे