६ माघ, काठमाडौं ।बिहीबार बसेको काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले कोरोना संक्रमणको जोखिम कम नभएसम्मका लागि उपत्यकामा सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरिने भएको छ ।
बैठकले भोलि (शुक्रबार) राति १२ बजेदेखि निजी तथा सार्वजनिक सवारी साधनहरूमा जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेको काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले जानकारी दिनुभएको छ ।