Home > मुख्य समाचार > फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिट ३–३ रुपैयाँ वृद्धि

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिट ३–३ रुपैयाँ वृद्धि

५ माघ, काठमाडौं । बुधबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३–३ रुपैयाँ प्रतिलिटरको दरले नेपाल आयल निगम लिमिटेडले वृद्धि गरेको छ। त्यस्तै आन्तरिक हवाइ इन्धनको मूल्य ५ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य १ सय डलर प्रतिकिलोलिटर वृद्धि गरिएको जानकारी दिएको छ।

नेपाल आयल निगम लिमिटेडले मूल्यवृद्धि पछि काठमाडौं उपत्यकामा पेट्रोल १ सय ३९ रुपैयाँ, डिजेल तथा मट्टितेल समान १ सय २२ रुपैयाँ प्रतिलिटर बढेको छ। त्यस्तै आन्तरिक हवाइ इन्धनको मूल्य एक सय ६ रुपैयाँ र बाह्य हवाइ इन्धनको मूल्य ९ सय ९५ रुपैयाँ निर्धारण गरेको निगम प्रवक्ता बिनितमणी उपाध्यायले जानकारी दिनुभएको छ ।

पछिल्लो पटक मिति २०७८ कात्तिक २४ गते मूल्य समायोजन भएको थियो । प्रवक्ताका अनुसार मूल्यवृद्धि पछि पनि निगमलाई एक अर्ब ८८ करोड रुपैयाँ नोक्सान हुने प्रक्षेपण गरिएको छ।
आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेल/मटि्लतेलको साबिकको बिक्रि मूल्यमवृद्धि गरिएको हो,’ निगमले विज्ञप्तिमा भनेको छ ।

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *