Home > मुख्य समाचार > खोप लगाउने मानिसको संख्या कम रहेको भन्दै खोप नलगाएका मानिसहरू गम्भीर संक्रमित र मृत्यु हुने : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)

खोप लगाउने मानिसको संख्या कम रहेको भन्दै खोप नलगाएका मानिसहरू गम्भीर संक्रमित र मृत्यु हुने : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)

 

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक डा. टेड्रोस एडानोम गेब्रेयससले कोभिड–१९ को नयाँ भेरियन्टलाई सामान्य नठान्न आग्रह गर्नु भएको छ ।

 

बुधबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा डा. गेब्रेयससले नयाँ ओमिक्रोनलाई सामान्य भेरियन्ट ठान्नु भ्रम रहेको बताउनु भयो ।उहाले ओमिक्रोनले कोरोना भाइरसबाट उत्पन्न जोखिम अन्त्य गरेको ठान्नुसमेत गलत रहेको समेत बताउदै ओमिक्रोन भेरियन्ट अन्य भेरियन्टभन्दा कम घातक हुन सक्ने भएपनि यसलाई नजरअन्दान गर्न नहुने उनको भनाइ छ ।
संसारभर ओमिक्रोनको अस्वभाविक वृद्धिसँगै नयाँ–नयाँ भेरियन्ट देखिन सम्भावना रहेको छ र यही कारण निगरानी तथा मूल्याङ्कन गर्न आवश्यक रहेको बताउनु भयो ।

 

 

कैयौं मुलुकमा खोप लगाउने मानिसको संख्या कम रहेको । खोप नलगाएका मानिसहरू गम्भीर संक्रमित र मृत्यु हुने उच्च जोखिम समेत हुने उहाको भनाइ थियो ।

ओमिक्रोन सक्रिय भेरियन्टको देखा परेयता युरोपमा दैनिक संक्रमितको संख्या ह्वात्तै बढ्दै गएको र मंगलबार फ्रान्समा अहिलेसम्मकै धेरै अर्थात् चार लाख ६४ हजार ७६९ जना नयाँ संक्रमित थपिएका समेत उहाले बताएको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *