काठमाण्डाै – १९ पुष २०७८, सोमवार आज तोल ल्होसार नेपालका हिमाली जिल्ला डोल्पा, मुगु, मनाङ, हुम्ला, जुम्ला, भुटानी मूल भएर नेपालमा बसोबास गर्नेहरुले हरेक वर्षको पुस शुक्ल प्रतिपदाको दिन मनाउने गर्दछन् । तोल ल्होसारको अर्थ समयचक्र हो ।
घर आँगन लिपपोत गरी आज शुद्ध पारिन्छ घर घरमा लामा पुरोहितबाट पूजाआजा गराइ गहुँको पिठो आकाशतर्फ उडाएर देवीदेवताको विजय र भूत प्रेतको पराजय होस् भनी प्रार्थना गर्ने गरिन्छ ।
पुजा सकेपछिटिका लागाएर मान्यजनबाट आशीर्वाद लिँदै फुरौला, बाबर, रोटी, कन्दमूल आदि ग्रहण गर्ने चलन रहेको छ। तोल ल्होसारको आफ्नै दर्शन र महत्त्व भएको पाइन्छ