पुस १, काठमाण्डाै। रक्षामन्त्री मिनेन्द्र रिजालले पदबाट राजीनामा दिनुभएकाे छ । आसन्न नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिनुभएका रिजालले पराजित भए लगत्तै राजीनामा दिनुभएकाे छ ।
आज प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउनु भएकाे छ । यसअघि मन्त्री रिजालले मतगणना भइरहँदा नै राजीनामा दिने घाेषणा गर्नुभएकाे थियाे ।
तेस्तै, नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा कांग्रेस महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी हुनुभएकाे छ।