Home > मुख्य समाचार > कांग्रेस सभापतिकाे मतदान : राति १० बजेदेखि गणना सुरु नतिजा मध्यरातिसम्म घोषणा गर्ने तयारी

कांग्रेस सभापतिकाे मतदान : राति १० बजेदेखि गणना सुरु नतिजा मध्यरातिसम्म घोषणा गर्ने तयारी

काठमाण्डाै –कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापतिको दोस्रो चरणको मतदानको गणना आज राति नै हुने भएको छ । अहिलेसम्म तीन हजार जनाभन्दा धेरैले मतदान गरिसकेको छन् ।

मतदान सकिएपछि आजै मगलबार राति देखिनै मतगणना सुरु गरेर मध्यरातिसम्म मत परिणाम सार्वजनिक गर्ने चौधौँ राष्ट्रिय महाधिवेशन मिडिया सेन्टर संयोजक डाक्टर सुरेश आचार्यले जानकारी दिनुभयो ।

पहिलो चरणमा सबैभन्दा धेरै मत ल्याएका उम्मेदवारहरू शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भइरहेकाे हाे । बाँकी तीनै जना उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले भने दोस्रो चरणमा देउवालाई समर्थन गरेका छन् ।

पहिलो चरणमा देउवाले दुई हजार दुई सय ५८ मत कोइरालाले एक हजार सात सय दुई, निधिले दुई सय ४९, सिंहले तीन सय ७१ र गुरुङले २२ मत प्राप्त गर्नु भएको थियो ।

यसैबीच सभापतिबाहेकका अरू पदको मतगणना भने पर्सि बिहीवारदेखि मात्र सुरु गर्ने निर्वाचन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *