Home > मुख्य समाचार > देउवालाई सिंहपछि निधि र गुरुङको समर्थन : प्रत्याशी शेखर कोइराला अप्ठ्यारो

देउवालाई सिंहपछि निधि र गुरुङको समर्थन : प्रत्याशी शेखर कोइराला अप्ठ्यारो

काठमाण्डाै – कांग्रेस सभापतिको पहिलो चरणको चुनावमा तेस्रो, चौथो र पाँचौँ भएका उम्मेदवारले सभापति शेरबहादुर देउवालाई सहयोग गर्ने भएका छन् ।

सभापतिका प्रत्याशी शेखर कोइराला बाहेकका उम्मेदवारले देउवालाई सहयोग गर्ने नेता प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गर्ने बताएका छन् ।समूह तितरबितर भएसँगै शेरबहादुर देउवाको दाबेदारी बलियो बनेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले दोस्रो चरणको चुनावमा खुलेर नबोल्दा कोइराला अप्ठ्याराेमा पर्नु भएको छ । पौडेललाई कोइरालाको पक्षमा खुल्न उहाँ पक्षका कार्यकर्ताले दबाब दिएका छन् ।

पहिलो चरणको चुनावमा ४ हजार ६ सय ७९ मत खसेकोमा देउवाले २ हजार २ सय ५८ मत प्राप्त गर्नुभएको थियो भने कोइरालाले १ हजार ७ सय २९ मत पाउनु भएको थियो । यस्तै, नेता प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २ सय ४९ र कल्याण गुरुङले २० मत प्राप्त गर्नु भएको थियो । अब दोस्रो चरणमा देउवा र कोइरालाकाबीच प्रतिस्पर्धा हुनेछ ।

कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ । यदि कसैले पनि ५० प्रतिशत नकटाएको अवस्थामा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई प्रतिस्पर्धीकाबीच पुनः मतदान गराउनुपर्ने व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *