मंसिर, २७ काठमाडौं । नेकपा एमाले का महासचिव शंकर पोखरेलसँग आइडीसीपीसीका उप मन्त्री चेन चाओले डिसेम्बर १३ मा भीडियो वार्ता गर्नुभएको छ । चेनचाओले पोखरेलको पदभार ग्रहणमा बधाई दिनुहुदै दुई पार्टी बीचका अन्तर सम्बन्धित विचारहरुलाई अझ बढी बलियो बनाउदै लैजाने बताएका छन्।
मंसिर २८ गते मंगलबार संसदमा एमसीसी र अन्य प्रस्ताव मा पुर्नविचार गर्न बैठक आयोजन हुदै गर्दा यस्तो संवेदनशील समयमा चीनले ठुलो पार्टी नेपाली कांग्रेससँग पनि सम्वाद गर्दै छ, यस मा नेपाल र चीन को सम्बन्ध बलियो बनाउन र चीन र नेपाली काँग्रेस बीच को सम्बन्ध प्रगाढ बनाउन सीपीसीले नेपाली राजनीतिका पार्टीहरु संग सम्पर्क विकास गरिरहेको छ ।
नोभेम्बर ५ का दिन, नेकपा (एकिकृत समाजबादी का अध्यक्ष सँग चेन चाओसँग दुई पार्टी बीचमा नया अध्यक्षको स्वागत गर्नु हुदै भीडियो वार्ता गर्नुभएको थियो । नोभेम्बर २२ मा दक्षिण एसियाली वाम पार्टी र सरकार वीचको अनुभव सेमीनार तथा छैटौ प्लेनरी सेसन एवम् सीपीसी केन्द्रीय समितिको नीतिगत विषयको विचार आदान प्रदान गरि सम्पन्न भएको थियो ।
त्यस बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल कमल दाहाल प्रचण्ड उपस्थित भएर आफ्नो विचार समेत राख्नु भएको थियो भने सीपीसी ले हासिल गरेको उच्चस्तरको सफलताले नेपाली सबै राजनीतिक पार्टीहरुकालागि सुखद र नेपाल चीनवीचको विकास सम्बन्ध मा गहिरो सम्बन् रहने ।