Home > समाचार > समाजसेवा गर्न पैसा होइन, मन चाहिन्छ : डक्टर देबेन्द्र गौतम

समाजसेवा गर्न पैसा होइन, मन चाहिन्छ : डक्टर देबेन्द्र गौतम

         सातोमी बज्राचार्य

मंसिर, २६ काठमाडौं ।काभ्रे जिल्लामा जन्मनु भएका डक्टर देबेन्द्र गौतम हाल स्नातक तह सम्मको शिक्षा हासिलगर्नु भएको छ । उनको विचारमा समाज सेवा गर्नु नै मेरो जीवनको लक्ष्य हो भन्ने उद्देश्यले विभिन्न स्वास्थ्य क्षत्रमा काम गर्दै आउनु भएको छ । उहाले अनाथ , गरिव स्वास्थ्यबाट बन्चित बालबालिकाहरुको उद्दार गर्न पाउनु मेरो अहो भाग्य हो भन्ने धाराणा बोकेका डाक्टर देबेन्द्र गौतम च्छोरोल्पा अन्लाइन खबर र मासिक पत्रिकाका प्रधान सम्पादक सातोमी बज्राचार्य सँगको कुराकानीको ।
. नमस्कार डक्टर देबेन्द्र गौतमजी सन्चै हुनहुन्छ ?
हजुर नमस्कार म सन्चै छु । तर हाम्रो समाजमा धेरै आमा बुबा भाइबहिनी धेरै बिरामी छन ।
२.तपाईको दिनचर्याहरु कसरी बितिरहेका छन् ?
उत्तर– म चरिकोट असपतालमा विभिन्न बिरामीको उपचार पछि बाकि समय समाजमा गएर स्वास्थ्य अवस्थाको बारेमा कुन ठाउमा गएरा उपचारको निशुलका सेवा दिन सकिन्छ अवस्था बुझ्छु । उनिहरुसँग प्रत्यक्ष भेटघाट गर्छु ,उनिहरुको आवश्यकता बारे खोजीनिती गर्छु र सो आवश्यकता पुरा गर्नको लागी आवश्यक संस्था र व्यक्तिको खोजी गछु ।अनि स्वास्थ्य क्याम्प राखेर उपचार गर्छु ।


३. तपाईको स्वास्थ्य सामाजिक सेवाको बारेमा प्रष्ट पारीदिनुस न ?
उत्तर– मैले अघिनै भने, विभिन्न कारणले समाजमा पछि परेका पाछाडी पारिएकाहरुलाई अलि दुर्गम र ग्रामिण भेगको जनताको उपचार गर्नु नै मेरो मूल उद्दश्य हो । आमा बुवा अझ बालबालिकालाई आवश्यक स्वास्थ्य कुराहरुमाम विशेष ध्यान दिन्छु । आजका बालबालिकाहरुको काँधमा नै भोलि यो देश रहने हुदाँ उनिहरुको उन्नतीले मात्र देश विकास हुन्छ । अतः बालबालिकालाई लक्षित गरेर विभिन्न स्वास्थ्यको, कार्यक्रमहरु गर्ने गर्छौ ।
४. सामाज सेवा गर्नुपर्छ भन्ने प्रेरणा को बाट कसरी प्राप्त गर्नु भो ?
उत्तर– मानिस समाजिक प्राणी ” हो । समाज विनाको संसार हामी कल्पना पनि गर्न सक्दैनौ । सामाज विपन्न वर्ग , ज्ञान ,जात ,धर्मका मानिस हुन्छन् । हाम्रो समाजमा आज नैतिक युगमा पनि धेरै विभेद छ । समाजमा पिछडिएका र विकासमा पछाडी पारिएका बालबालिका भोलि यो देशमा कसरी सुरक्षित स्वास्थ्य र खुसी हुन सक्दछन भेन्ने नै मेरो चिन्ताको विषय हो ।
सर्वे भवन्तु सुखिन ः सर्वे सन्तु निरामया ः
सर्वे भद्राणी पश्यन्तु माकस्चित् दुःख भाग भवेत ।
सामाजिक काम गर्ने मूल उद्देश्य मैले जंगलको मौरीबाट आदिकवि भानुभक्तको घाँसीबाट अनि आफ्नो परिवार र समाजमा रहेका बिशिस्ठ व्यक्तिहरुबाट प्रेरणा पाएको हुँ ।


५. तपाईको स्वास्थ्य क्षेत्रको लक्षित वर्गहरु के के हुन ?
उत्तर – हाम्रो देशमा भौगोलिक,सांस्कृतिक र भाषिक विविधता रहेको छ । तर हामी भूगोलको विकटताले गर्दा विकासमा धेरै पछि छौ। संसार हामी भन्दा धेरै अगाडी गइरहेको छ । यस अवस्थामा हामि स्वास्थ्यलाई पहिलो प्राथमिकता र झन् ग्रामिणभेगमा स्वास्थ्यको क्षेत्रमा निकै कमजोर अवस्थामा रहेका छन् ।मेरो स्वास्थ्य क्याम्पको कोही पनि स्वास्थ्य उपचारमा बन्चित नहुन , कोही पनि पछाडी नपरुन ” भन्ने कुरालाई आत्मसाथ गर्दै अगाडी बढीरहेको छ ।
६. आज सम्म कहाँ र कस्ता खालका कार्यक्रम गर्नु भयो ?
उत्तर – कार्यक्रम दोलखा काभ्रे लगायत .विभिन्न ठाउमा निः शुल्क स्वास्थ्य परिक्षण र नि ःशुल्क औषधी वितरण गरि कार्यक्रम गर्दै आएको छु।
७. ती स्थानमा पुग्दा सामाजको तपाईहरु प्रतिको दृष्टिकोण कस्तो पाउनु भयो ?
उत्तर– “ हामी सबै नेपाली ; हामी सबैको नेपाल ” भन्ने विचारलाई बोकेर हामी विभिन्न जिल्लाको प्रत्येक वडामा पुग्ने लक्ष्य सहित हिडेका छौ।हामी जहाँजाँदा पनि त्यहाँका स्थानीय जनता , समाजसेवी र व्यवसायीहरुबाट न्यानो माया सहयोग प्राप्त गरेका छौ । समाज परिवर्तनको उद्देश्य लिएर हिडेका हामीलाई सवैको साथ प्राप्त भएको छ ।
८. कार्यक्रम गर्दा लाग्ने खर्चको व्यवस्थापन के कसरी गर्नु भएको छ ?
उत्तर– निस्वार्थ भावले गरीने सेवा नै सच्चा सेवा हो । म बाल्यकालदेखि नै दिन दुखी असायको सेवामा समर्पित छु । महाकवि देवकोटाले भनेझै “ जाउ समाउ आर्तहरुको चह¥याई रहेको घाउ ” भन्ने शब्दवलीले मलाई समाज सेवाको लागि प्रेरणा दिइएको छ ।सहयोगी मन भएको साथीले भाइले पनि सहयोग गर्छन।
९. भावि योजनाहरु के कस्ता छन त ?
उत्तर –दोलखा जिलाको विभिन्न स्थानीय तह सम्म स्थानीय सरकारसँग सहकार्य गरी नि शुल्का स्वास्थ्य क्याम्प चलाउने सवा दिने।
१०. महान कार्यका लागि शुभकामना छ , अन्त्यमा च्छोरोल्पा खबर मार्फत आफ्ना विचार राखिदिनु हुन्छ कि ?
उत्तर – परिवर्तन अवश्यंभावि छ । तर परिवर्तनको गति हाम्रो समाजमा अलिढीलो भए जस्तो मलाई लाग्छ । युग सुहाउदो शिक्षा र स्वास्थ्यमा सवैको पहुँच पु¥याउन सके मेरो सपना पुरा भएको मान्ने छु ।

थोपा थोपा मिलेर समुन्द्र बन्छ भनेझै समाज सुधार र परिवर्तनको यात्रामा सबैको सहयोगको अपेक्षा राखेकी छु । यस अनलाइन खबर मार्फत आफ्ना कुराहरु राख्ने मौका दिनु भएकोमा च्छोरोल्पा अनलाइन खबर, मासिक खबर पत्रीका प्रति आभार व्यक्त गर्दछु । मेरो एकल प्रयास बाट मात्र यो समाज सुधार र परिवर्तनको माहान यज्ञ सम्पन्न हुनसक्दैन् त्यसैले आउनुहोस हामी सबै हातेमालो गरेर महान यज्ञलाई सफल बनाउ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *