Home > मुख्य समाचार > नेकपा एमालेका नेता डा.भीम रावलले गरे एमाले छोड्ने संकेत

नेकपा एमालेका नेता डा.भीम रावलले गरे एमाले छोड्ने संकेत

काठमाडौं– नेकपा एमालेका नेता डा. भीम रावलले अध्यक्ष पदमा हारेको खण्डमा पार्टी छोड्ने संकेत गरेका छन् । उनले अध्यक्षमा हारे भने केन्द्रीय सदस्यमा पनि नरहने भन्दै यस्तो संकेत दिनु भएको छ ।

पार्टीको महाधिवेशनअन्तर्गतको मतदानपछि संचारकर्मीसँग कुराकानी गर्नु हुदै रावलले आफूले अध्यक्षबाहेकका पदमा उम्मेदवारी नदिएको भन्दै आयोगका पदाधिकारीलाई अध्यक्षका लागि मात्र आफ्नो उम्मेदवारी रहेको जानकारी गराएको छन्।

आठौं महाधिवेशनमा यही विषयमा विवाद भएको स्मरण गर्दै रावलले जुन पदमा उम्मेदवारी दिएको छैन त्यसमा कसरी शपथ लिन्छु। उहाले भन्नु भयो अध्यक्ष पदमा विजय भए शपथ लिन्छु नत्र अन्य पदमा मैले उम्मेदवारी दिएको छैन।’

निर्वाचनका क्रममा आचारसंहिताविपरीत समूहगत सूची बाँडिएको विषयमा पनि रावलले आपत्ति जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *