मंसिर,१२ काठमाडौं । विहान उठ्ने वित्तिकै तपाईले जे खानुहुन्छ त्यसमा निकै सोचविचार गर्न जरुरी छ । किनकी हामीले विहान खाने कतिपय चिजले एसिडिटी र जलनको समस्या ल्याउँछ । विहानको नास्ता दिनभरको लागि महत्वपूर्ण आहार हुन्छ । त्यसकारण विहानको नास्ता अधिक स्वास्थ्यकर हुन जरुरी छ ।बिहान खलिपेट्मा के खाने के नखाने उठेपछि खाली पेटमा एसिडको मात्रा अत्याधिक हुने गर्छ। यस्तो अवस्थामा बढी एसिडिटीयुक्त खानेकुरा खाँदा शरीरको पाचनशक्तिमा गढबढ आउँनसक्छ। तेसैले थाहापाउनुस् विहान खाली पेटमा खान नहुने यी चीज
ग्रीन टी वा चिया-धेरैजसो व्यक्ति विहान उठेपछि ग्रीन टी वा चिया पिउने गर्छन् । यसले स्वास्थ्यमा न’राम्रो अ’सर पर्छ । चियामा रहेको कैफीन तत्वबाट शरीरमा एसिडको मात्रा बढ्न जान्छ र यसले पाचनशक्तिमा स’मस्या गर्छ ।
दुध-दुधमा सैचुरेटेड र प्रोटिनको मात्रा बढी पाइन्छ । यसले पेटको मांसपेशीलाई कमजोर बनाउँछ । विहान खाली पेटमा दुध पिउँदा खोकीको स’मस्या हुनसक्छ ।
साथै बिहान दुधबाट बनेका उत्पादन पनि सेवन गर्नु हुँदैन ।बिहानै दही पनि खानु राम्रो होइन । दहीबाट पेटमा हाइड्रोक्लोरिक एसिड बढ्ने गर्छ । र, यसमा भएको ल्याक्टिक एसिडबाट ब्याक्टेरियालाई नष्ट गर्छ ।
केरा -तौल बढाउनको लागि प्रायः मानिस केरा खाने गर्छन् । बिहान उठेर केरा खाँदा यसले शरीरको पाचनप्रक्रिया बिग्रने खतरा हुन्छ । बिहान केरा सेवन गर्दा क्यालसियम र म्याग्नेशियमको सन्तुलन बि’ग्रन्छ ।
गोलभेँडा -गोलभेँडामा अत्याधिक एसिड हुन्छ । यसले एसिडिटीको खतरा बढाउँछ । त्यसैले विहान उठ्ने वितिकै गोलभेँडको परिकार नखाँदा राम्रो ।
खाली पेटमा के खाने ?
खाली पेटमा तपार्ईले अण्डा, ओटमिल, ब्राउन ब्रेड, खरबुजा, ब्लू बेरी, मह या कार्बोहाइड्रेटयुक्त खाना खान सक्नुहुन्छ जसले तपाईको पाचन प्रणालीलाई खराब गर्दैन ।