मंसिर,१२ काठमाडौं। नेपालमा प्रत्येक दिन एक सय २५ जना दृष्टिविहिन थपिने गरेका छन् ।आँखासम्बन्धी गरिएका विभिन्न अनुसन्धानले यस्तो देखिएको हो ।
राप्ती आँखा अस्पतालका नेत्र अधिकृत शालिकराम गौतमले अझै सबैको पहुँचमा आँखा उपचारको सेवा नहुँदा दृष्टिविहीनको संख्या धेरै भएको उहाले बताउनु भयाे । नेपालमा अहिले दैनिक एक सय २५ जनामा अन्धोपन देखिने गरेको छ । उनीहरुले समयमा उपचार पाएमा ८० प्रतिशत मानिस पुनः दृष्टि पाउन सकिन्छ’ राप्ती आँखा अस्पतालले आयोजना गरेको आँखाको सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रशिक्षक नेत्र अधिकृत गौतमले सबैको पहुँचमा नहुँदा आँखाकाे दृष्टि गुमाउनु परेको समेत उहाले बताउनु भयो।नेपालमा करिब ८० लाख मानिसले आँखाको उपचार नपाएको बताउनु भयाे ।
सबैको पहुँचमा आँखको सेवा पुर्याउन सरकारले योजना बनाएर अघि बढ्नु पर्ने बताउदै शरीरका अन्य अंग जस्तै आँखा संवेदनशील भए पनि यसबारे धेरैले नागरिकले चासो नराखेको उहाँकाे भनाइ छ । पछिल्लो समय अहिले असपतालमा आँखाका समस्या लिएर आउने हरुको संख्या बढ्दै गएको र आँखा सुक्खा हुने, धेरै समयसम्म हेर्न नमिल्ने, आँखामा विभिन्न संक्रमण हुनेलगायतका समस्या देखिएको छ उहाँले बताउनु भयाे । मोतीविन्दु, जलविन्दु, दृष्टिपर्दाको समस्या, रतन्धो र आँखामा लाग्ने चोटपटक नै दृष्टिविहीन बनाउने प्रमुख कारणह रहेको उ भनाइ छ ।