Home > Uncategorized > फोहोर बनेको सिंहदरबार सफा गर्ने रमेश खरेल को उद्घोष

फोहोर बनेको सिंहदरबार सफा गर्ने रमेश खरेल को उद्घोष

दोलखा,२४ कार्तिक । नेपाल सुशासन अभियानका संयोजक रमेश खरेलले नेपालको भष्ट्रचार र बेथितिले सबै भन्दा फोहोर बनेको सिंहदरबार सफा गर्ने उद्धेश्यका साथ सुशासन अभियान चलाईरहेको बताउनु भएको छ ।

दोलखाको सदरमुकाम चरिकोटमा नेपाल सुशासन अभियान बारेमा जानकारी ,जनजागरण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अभियानका संयोजक खरेलले आफुले देशमा ब्याप्त भष्ट्रचार, भष्ट्रचारका नाममा भईरहेका सेटिङको चिरफार गरि सुशासन नेपालको परिकल्पनाका लागि सुशासन अभियान चलाएको बताउनु भयो ।

उहाले दोलखाका नागरिकहरुलाई पनि बिकास निमार्णमा देखिएका ब्याप्त भष्ट्रचार, राजनिति दलहरुले गरिरहेको भष्ट्रचार ,सरकारी निकायहरुमा देखिएका भष्ट्रचार तथा बेथितिहरुको बिरुद्ध बोल्न यो सुशासन अभियानमा सहभागि हुन अपिल समेत गर्नु भयो ।

संयोजक खरेलले नागरिकहरुले यो अभियान ठिक छ भने राजनितिक दल कै हैसियतमा बढ्न आफुहरुले सुझाब माग्दै हिडेको र यो अभियान देशभर फैलाईरहेको र यो अभियानमा नेपालमा भएका राजनितिक दलहरुका राम्रा कांग्रेस , कम्युष्ठि लगायतका विभिन्न पार्टीका नेताहरुलाई पनि हातोमालो गरि नयाँ सिराबाट अगाडिसँगै यात्रा गर्न आब्हान गर्नुभयो ।

काठमान्डौंको रत्नपार्कबाट सुरु गरिएको यो अभियान आज राष्ट्रव्यापी भएको छ । नेपाल सुशासन अभियानले दोलखाको जिल्ला समन्वय समितिको हलमा एक कार्यक्रम आयोजना गरि अन्तरक्रिया गरेको थियो ।

साथै, भष्ट्रचार तथा बेथितिहरुको बिरुद्धमा आवाज उठाउन जनचेतना फैलाउन तथा जनजागरण कार्यक्रम गर्न दोलखामा नेपाल सुशासन अभियानले सात सदस्य कमिटि गठन गरेको छ।

संयोजक : बासुदेव तिवारी
सदस्य : स्टालिन श्रेष्ठ
” : रविना सिवाकोटी
” : भीमसेन श्रेष्ठ
” : विन्दा कार्की
” : रामकृष्ण थपलिया
” : शंकर कुमार ओली

Leave a Reply

Your email address will not be published. Required fields are marked *