Home > मुख्य समाचार > दुवै मिर्गौला फेल भएका दोलखा सैलुङ गाउँपालिका की ३५ वर्षीय शर्मिला थापाले गरिन सहयोगको याचना

दुवै मिर्गौला फेल भएका दोलखा सैलुङ गाउँपालिका की ३५ वर्षीय शर्मिला थापाले गरिन सहयोगको याचना

दोलखा ।सैलुङ गाउँपालिका ८ पैतिटोलको ३५ वर्षीय शर्मिला थापा (बस्नेत) दुवै मिर्गौला फेल भएर उपचारका लागि छटपटाइरहेका छिन । निम्न आर्थिक अवस्था भएका शर्मिलाले आफ्नो शरीरमा भएका दुईवटै मिर्गौलाले काम नदिने थाहा पाएपछि जीवन बचाउनका लागि सहयोगको अपिल गरेको हुन् ।

विगत चार–पाँच वर्ष  देखि यता दैनिक औषधिका भरमा जीवन धानिरहेका र प्रत्येक साता डायलाइसिस गराउने औषधिका लागि नै खर्च अभाव भइरहेको पीडित परिवारले च्छोरोल्पा अनलाइन खबरलाई जनाएको छ।

सुरूमा घाँटी दुख्ने, जीउ कालो हुने, पेट सुन्निनेजस्ता समस्या देखिएपछि पाटन अस्पतालमा चेकजाँच गराउँदा शर्मिलाका दुवै मिर्गौला फेल भएको पुष्टि भएको शंकर बस्नेतले बताउँछन्।चिकित्सकले शर्मिलाको दुई महिनाभित्रै मिर्गौला प्रत्यारोपण गर्ने सल्लाह समेत दिएका छन् ।तर,आर्थिक अवस्था कमजोर भएका कारण उनको उपचार गर्न नसकेपछि परिवार बिचल्लीमा परेको हुन् ।

‘एउटामात्रै मिर्गौला ट्रान्सफर गर्न सकिए आफूले नयाँ जीवन पाउने तथा श्रीमान र छोराछोरीको भविष्य बनाउन पाउने थिएँ’, पीडित शर्मिलाले बताए । सामान्य कामका भरमा जीवनयापन गरिरहेका शर्मिलाको श्रीमान् पनि  अपाङ्ग छन्। ज्याला  मजदुरीको भरमा जीवनयापन गरिरहेकोले खर्च गर्न सक्ने अवस्था नरहेको उनले बताए ।

‘तपाईंहरुकै आफन्त, काका, बुबा, दाजुभाइ सम्झेर सहयोग गरिदिएर मलाई बचाउनुहोला’, उनले भने ।शर्मिला थापा( बस्नेत)को दुवै मिर्गौला बिग्रिएपछि परिवार अभिभावकविहीन जस्तो भएको छ ।

दुबै मिर्गौला उपचारलाई आर्थिक जोहो गर्न चिकित्सकले भनेका छन् तर यति ठूलो पैसा कहाँबाट कसरी ल्याउने उनका श्रीमान शंकर बस्नेतले श्रीमतीको ज्यान बचाई दिन सबैलाई आग्रह गरेका छन् । ‘घरमा अलि अलि पैसा पनि छैना साधारण घर बेवाहर चलाउदै सकिनछ अब श्रीमतीको उपचार खोज्दै छु भन्दै हात जोड्नु भयो ।

के गर्नु हामी गरिबका कहिले नै सुखका दिन आउने भएन गह भरि आँसु झार्दै ४३ बर्षीय शंकरले भन्नु हुन्छा शर्मिलाको उपचारका लागि परिवारले विभिन्न राजनितीक दल, सामाजिक संघ सस्था, बुद्धिजीवी, समाजसेवीसँग पनि सहयोगको अपिल गरेका छन्।

शर्मिला थापाको नाममा रहेको नेपाल इन्भेष्टमेण्ट बैङ्क लिमिटेड पुलचोक खाता नं. 02905080305686 मा रकम जम्मा गर्न सकिने समेत उहाले बताउनु भएको छ। यस्तै शर्मिलाको श्रीमान शंकर बस्नेतको फोन नं ९८४१ ४४ ३४५७ मा टेलिफोन गरेर पनि सहयोग गर्न सकिने उहाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *