असोज,२३ जनकपुरधाम। धनुषाको नगराइन नगरपालिका -७ फुलगामा टाेलमा एकै परिवारका तीन जनाकाे शव फेला परेकाे छ ।
धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए अनुसार २४ वर्षीया गुडिया साह, उनका ५ बर्षीय छोरा अभिषेक र ३ बर्षीय आदित्य साहकाे शव घरभित्रै फेला परेकाे बताएको छन् ।
मृतक तिनै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको र अन्य अनुसन्धान भइरहेकाे उनले बताए । गुडियाले दुबै छाेरा हत्या गरी आफूले आत्महत्या गरेको प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।