Home > मनोरन्जन > गौरीशंकर लोक माला कार्यक्रमले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

गौरीशंकर लोक माला कार्यक्रमले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

May be an image of 1 person     रामकृष्ण थपलिया

असोज २३ काठमाडौं। गौरीशंकर च्छोरोल्पा मिडिया प्रा लि द्वार संचालन गरेको च्छोरोल्पा अनलाइन टिभीको प्रस्तुती रहेको गौरीशंकर लोकमाला कार्यक्रमले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । बिजया दशमी, शुभ दिपावली, नेपाल सम्वत र छटपर्बलगायत चार्ड पर्वहरुको अवसरमा बागमती प्रदेसको राजधानी हेटौडा दर्सन पाटी प्यालेसको हलमा मिती २०७८/०५/२० भव्य कार्यक्रमको आयोजना गरी शुभकामना आदान प्रदान बिबिध मनोरंजन तथा चियापान कार्यक्रम सम्पन्न गरेको हो ।

च्छोरोल्पा टिभीको प्रबन्ध निर्देशक जानकी बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रममा काठे लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल केन्दिय अध्यक्ष राज तिमल्सिनाको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा अध्यक्ष राज तिमल्सिनाले चार्डपर्व मनाउँदै गर्दा स्वास्थ्यको पनि ख्याल गर्नुपर्ने बताउनुभएको छ । उहाँले संस्कृतिको जर्गेना गर्दै आफ्नो गक्ष र दक्ष अनुसार स्वास्थ्यको समेत ख्याल गर्दै चार्डपर्व मनाउन आग्रह गर्नुभयो । अध्यक्ष राज तिमल्सिनाले संस्कृतिको जर्गेना गर्दै सबैलाई सभ्य रुपले चाडपर्व मनाउनुपर्ने भन्दै उहाँले भड्कीलो, खर्चिलो रुपमा चाडपर्व नमनाएर परिवारसँग बसेर स्वास्थ्यको ख्याल गरेर पर्व मनाउन समेत आव्हान गर्नुभयो ।

यस गौरीशंकर लोकमालाको कार्यक्रमको परिकल्पनाकार बवाराज फुयाल व्यवस्थापक कृष्ण तिमल्सिनाले गाउ सहर बस्तिबस्तिको आवाज पुरानालाइ सम्मान नयालाई प्रत्योसहान खोजि नया प्रतिभालाई देश ब्यापीरुपमा लाने भन्दै नेपालको कला सस्कृतिको जगेर्ना गर्नको लागी चाड पर्बहरुले सामाजिक एकता कायम गरेको भन्दै कुनैपनि संस्कृति र संस्कार भित्र बिभेद गर्न नहुने वताउनुभयो । समानताको सुरुवात घरबाटनै गर्नका लागि समेत सबैलाई आग्रह समेत गर्नुहुँदै कृष्ण तिमल्सिनाले ‘अहिलेको समयमा चार्डपर्बहरु धनीले मात्र मनाउने बन्दै गएकाले सबैले मान्न सक्ने वनाउनुपर्ने वताउनुभयो ।

कार्यक्रमलाई बिसर्जन गर्दै च्छोरोल्पा टिभीको प्रबन्ध निर्देशक जानकी बज्राचार्यलेहाम्रो संस्कृती भित्र रहेका विभेदकारी भावनालाई समय अनुसार परिमार्जित गदै हटाउदै अघि वढ्नु पर्ने उहाँको भनाई थियो ।कार्यक्रममा नेपाली काग्रेस ललितपुर जिल्ला सदस्य तथा बरिस्ठ समाजसेवी गणेश क : सी लगाएत विभिन्न राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधिहरु, सरकारी÷गैरसरकारी कार्यालय तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरु लगायतकाको सहभागिता रहेको थियो ।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिनुभएको व्यक्तिहरुलाई समान समेत गरिएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *