असोज ९, काठमाडौं । सेनेटरी प्याड आयातमा भन्सार महसुल नबढाएको सरकारले स्पष्ट पारेको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै अर्थ मन्त्रालयले सेनेटरी प्याडको आयातमा यसअघि लाग्दै आएको बमोजिम १५ प्रतिशत भन्सार महसुल नै कायम रहेको जनाएको हो ।
अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा वर्तमान सरकारले महशुल बढाएको भन्ने तथ्यहीन हल्लामात्र भएको जानेको छ ।
साथै, मन्त्रालयले सेनेटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगलाई प्रोत्साहन गरी आयात प्रतिस्थापनमा सहयोग पुर्याउने उद्देश्यले उद्योगमा प्रयोग हुने कच्चा पदार्थ आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार महसुल आधा घटाएर ५ प्रतिशत कायम गरिएको कुरा समेत विज्ञप्तिमा जनाएको छ ।