असोज ६ , काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहको केन्द्रीय समितिको तनहुँको बन्दीपुरमा बसेको केन्द्रीय समितिको ११ औं बैठकले आगामी फागुनमा जनयुद्ध दिवसको अवसर पारेर नवौं महाधिवेशन गर्ने भएको छ।
महाधिवेशन पुर्व मंसिर ८ गते काठमाडौंमा सभा तथा जनप्रदर्शन गर्ने निर्णय बैठकले तय गरेको छ ।
अहिलेको शासन प्रणाली असफल भएको भन्दै विप्लव समूहले सबै देशभक्त, प्रगतिशील र कम्युनिस्ट शक्तिहरूलाई मोर्चाबद्ध तथा एकताबद्ध गर्दै जनमतसंग्रहका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
नेत्रविक्रम चन्द (विप्लव) समूहले अमेरिकी सहयोग परियोजना एमसीसी विरोधी सबै शक्तिहरूसँग सहकार्य गर्दै बिरोध कार्यक्रम गर्ने घोषण गरेको छ ।
देशव्यापी संगठन विस्तार गर्ने र राष्ट्रियता, जनजीविका, भ्रष्टाचार लगायतका मुद्दामा संघर्ष गर्ने निर्णय नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहले गरेको छ।
खबर स्रोत : अनलाइन खबर