भदाै २४ , काठमाडौँ। बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मा यसपटक युवा नेतृ रचना खड्काको काँधमा पुगेको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विस्तारगरेको मन्त्रिपरिषदमा उनलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाउनु भएको हो ।
एमालेभित्रको विवादका कारण केन्द्रदेखि प्रदेशसम्मका सरकारमा हेराफेरी हुँदा विगतमा माधव नेपालसँग निकट रहेर हाल एमालैमै फर्किएकी खड्काले प्रदेशसभामा पुराना एमाले नेतालाई पछि पार्दै ३६ वर्षकै उमेरमा महत्वपूर्ण मन्त्रालयको जिम्मवारी पाउनु भएको हो।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विस्तार गरेको मन्त्रिपरिषद्मा उनी सबैभन्दा कान्छी मन्त्री बन्नुभएको हो।
५ असार ०४१ सालमा जन्मिएकी खड्काको राजनीतिक यात्रा ०५५ सालबाट सुरु भएको हो । अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्यको जिम्मेवारीबाट विद्यार्थी राजनीति सुरु गरेकी खड्का ०५५ सालमा प्रारम्भिक कमिटी उपाध्यक्ष हुनुहुन्थ्यो साथै, ०५६ सालमा प्राक अध्यक्ष भएकी उनी सोही वर्ष अनेरास्ववियुको जिल्ला सदस्यमा निर्वाचित पनि हुनुभयो । ०५७ सालमा जिल्ला सचिव भएकी खड्काले ०५९ सालमा अनेरास्ववियुको जिल्ला नेतृत्व सम्हाल्दै , अनेरास्ववियुको १६औं राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद् सदस्यमा निर्वाचित हुनुभएको थियो। १७औं राष्ट्रिय सम्मेलनबाट अखिलको केन्द्रीय सदस्यमा निर्वाचित भएकी रचना १८औं र १९औं सम्मेलनबाट केन्द्रीय सचिवालय सदस्यमा निर्वाचित हुँदै सम्पर्क र प्रचार विभाग प्रमुख विभागको जिम्मेवारी निर्वाह गर्नुभयो ।
जनकपुरमा सम्पन्न २०औं राष्ट्रिय सम्मेलनमा सचिव जितेकी रचना एमालेको ९औं महाधिवेशनमा वैकल्पिक केन्द्रीय सदस्यमा विजयी हुदै एमाले विभाजनका बेला तत्कालीन माधव नेपाल समूहको बागमती प्रदेश कमिटी सचिवको हैसियतमा काम गरेकी उहा, पार्टी औपचारिक विभाजनमा आइपुग्दा मूलधारमै बस्नुभएको थियो ।
मुख्यमन्त्री शाक्यसँगै एमालेमा रहेकी रचना प्रदेशसभा सदस्यमा निवार्चित भएपछि पहिलोपटक मन्त्री हुनुभएकी हुन् ।