Home > प्रदेश > दोलखाबाट काँग्रेसको महाधिवेशन प्रतिनिधी खुल्लातर्फ कुमार अधिकारीको उम्मेद्वारी

दोलखाबाट काँग्रेसको महाधिवेशन प्रतिनिधी खुल्लातर्फ कुमार अधिकारीको उम्मेद्वारी

काठमाडौँ, २२ भदौ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा दोलखाबाट कुमार अधिकारी (आरबी) ले खुल्लातर्फ महाधिवेशन प्रतिनिधीमा उम्मेद्वारी दिने हुनुभएको छ ।

लामो समयदेखि दोलखाको विकासमा लाग्नुभएका अधिकारीले पार्टीको आसन्न १४ औँ महाधिवेशनको लागि खुल्लातर्फको महाधिवेशन प्रतिनिधीमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो ।

विस २०४९ मा दोलखाको सैलुन गाउँपालिका–३ मा रहेको दुर्गा माध्यामिक विद्यालयमा नेपाल विद्यार्थी संघको इकाई सभापति बन्नुभएका अधिकारी विस २०५४ मा नेविसंघका क्षेत्रीय सचिव बन्नुभएको थियो ।

विस २०५८ मा नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दल दोलखाको सदस्य बन्नुभएका अधिकारीले विस २०६१ मा नेपाली काँग्रेसको सदस्यता लिएर आफ्नो समाजसेवालाई अगाडि बढाउनुभएको थियो ।

विस २०६३ मा नेपाल तरुण दल दोलखाको उपसभापति बन्नुभएका अधिकारीसँग नेपाली काँग्रेस दोलखाको विभिन्न विभागमा बसेर काम गरिसकेको अनुभव रहेको छ ।

नेपाली काँग्रेस पार्टीले विस २०७२ मंसीरमा निर्माण गरेको नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघको सभापतिसमेत बनिसक्नुभएका अधिकारी पार्टीको विस २०७२ सालमा सम्पन्न १३ औँ महाधिवेशनमा झिनो मतले महाधिवेशन प्रतिनिधीमा पराजीत हुनुभएको थियो ।

पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको आदर्श र सिद्धान्तलाई सर्वपरी ठानेर काँग्रेसको राजनीतिमा होमिनुभएका अधिकारीले दोलखाको विकासका लागि धेरै काम गर्नुभएको छ ।

नेपाली काँग्रेस दोलखाको संगठनलाई बलियो र मजबुद बनाउँदै आगामी दिनमा मुलुकमा हुने तीनै तहको निर्वाचनमा काँग्रेसलाई विजय गराउनका लागि आफूले काँग्रेसको महाधिवेशन प्रतिनिधीमा उम्मेद्वारी दिन लागेको अधिकारीले बताउनुभयो ।

स्रोत माउण्टेन खबर

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *