Home > समाचार > असोज १ गतेदेखि पशुपति मन्दिर खुल्ले

असोज १ गतेदेखि पशुपति मन्दिर खुल्ले

भदौ २२ , काठमाडौं । पशुपतिनाथ मन्दिर आगामी असोज १ गतेदेखि पूर्ण रुपमा खुला हुने भएको छ । कोरोना महामारीका कारण बन्द रहेको पशुपतिनाथ मन्दिर खुला गर्ने निर्णय भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

पशुपति क्षेत्र विकास कोषका अनुसार स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड अनुसार नै मन्दिर दर्शनका लागि खुला गर्ने निर्णय भएको हो ।असोज १ गतेदेखि नै पशुपतिमा विशेष पूजा पनि सुरु हुनेछ । सर्वासाधरनले तोकिएको रकम तिरेर मात्र विशेष पूजा गर्न पाउने छन् ।

अहिलेसम्म पशुपतिनाथमा नियमित नित्य पूजा मात्रै हुँदै आएको छ । कोरोनाको दोस्रो लहर सुरु भएपछि गएको वैशाख १६ गतेदेखि सर्वसाधारणका लागि बन्द भएको थियो ।

असोज १ गतेदेखि भौतिक दूरी कायम गरि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पशुपति मन्दिर परिसर खुला गरिने कोषले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *