Home > पर्यटन > दोलखाको प्रसिद्ध गुम्बा लप्ची गुम्बा, थुजे छ्योलिङ गुम्बा/

दोलखाको प्रसिद्ध गुम्बा लप्ची गुम्बा, थुजे छ्योलिङ गुम्बा/

लप्ची गुम्बा,

चरिकोटबाट लामाबगर माथिल्लो तामाकोशी हाईड्रोपावर निर्माणधिन अवस्थामा पुग्न ६८ किमी टाढा पर्दछ । यहाँबाट लप्ची जहाँ तिब्बतको सिमना हो त्यहाँ पुग्नको लागि २ दिनमा पुगिन्छ । चीनको तिब्बतसँग जोडिएको प्राचीन व्यापारिक नाका पनि हो । लप्ची पुग्न पदयात्राबाट खोलानाला, झरना, भीरपाखा, हरियो वनजंगल हुँदै जानु पर्छ । लप्ची गुम्बा बौद्ध धर्मगुरु मिलारेप्पाको जीवनसँग जोडिएको गुम्बा हो जुन ८४५ वर्षअघि तिब्बती लामा टोबाले निर्माण गरेका हुन् । १२ वर्षमा एक पटक यहा मेला लाग्ने गर्छ । त्यत्तिबेला देश विदेशबाट पर्यटक, भक्तजनहरु आउने र ध्यान गर्ने गर्छन ।

सत्यतथ्य र निस्पक्ष हिमाल,तराई, पहाड गाउँ, शहर, बस्ती देश दुनियाँको आवाज तपाईं हाम्रो आवाज च्छोरोल्पा टिभी च्छोरोल्पा अनलाइन खबर तपाईंको साथमा  ।

 

थुजे छ्योलिङ गुम्बा

थुजे छ्योलिङ गुम्बा दोलखा जिल्लाको भिमेश्वोर नगरपालिका वडा नम्बर एक मा अबस्थित बौद्ध गुम्बा हो । यस गुम्बा शान्तिको खोजीमा रहेकाहरुको लागि उचित गन्तब्य बन्न सक्छ । बिगुमा रहेको टसी गुम्बा जस्तै लाग्ने यो गुम्बा धेरै सुन्दर र मनमोहक रहेको छ । थुजे छ्योलिङ गुम्बा दोलखाको सदरमुकाम चरिकोट बाट करिब ६ किलोमिटरको दुरीमा पर्दछ । बाटोमा पर्ने सिमपानी क्षेत्र , भुतपोखरी , देउराली बजार नियाल्दै थुजे छ्योलिङ गुम्बामा पुगेको पत्तोनै हुदैन । यस गुम्बा बाट रोल्वालिंग हिमश्रीन्खलाहरुको साथै अन्य धेरै ठाउहरुको अबलोकन गर्न सकिन्छ । गुम्बा प्रवेश गर्नका लागि कुनै शुल्क तिर्नु पर्दैन । हेरौ केहि तस्बिरहरु ।

 

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *