Home > मुख्य समाचार > जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला आजदेखि सुरु, कोरोनाको जोखिम बढ्ने भएकाले स्थगित गर्ने तयारी

जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला आजदेखि सुरु, कोरोनाको जोखिम बढ्ने भएकाले स्थगित गर्ने तयारी

२९ साउन २०७८, शुक्रवार। जनैपूर्णिमा पर्वका अवसरमा यस वर्ष लाग्ने पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला आजदेखि सुरु भएको छ ।
मेलामा तिर्थ यात्रुहरु आउने शुरु गरिसकेको भएको गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाले जनाएको छ ।

कोरोनाको सक्रमण बढेपछि गएको वर्ष मेला सञ्चालन भएको थिएन ।अहिले पनि गोसाइँकुण्ड क्षेत्र विकास समितिका अनुसार कोभिड-१९ को सङ्क्रमण रोक्न मठमन्दिरमा भेला हुन नदिने सरकारको निर्णयलाई पालना गर्दै जनैपूर्णिमा पर्वसम्म लाग्ने विशेष धार्मिक मेला स्थगन गर्ने तयारी गरिएको उहाँले बताउनुभयो।

उक्त समितिका अध्यक्ष सञ्जीव डिएमको अनुसार प्रत्येक वर्ष गङ्गा दशहरा पर्वमा १० दिन र जनैपूर्णिमा पर्वका अवसरमा पाँच दिन पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला लाग्ने परम्परा रहिआएको छ ।

कोरोना सङ्क्रमणका कारण गत जेठ महिनाको दशहरा पर्वसमेत प्रभावित बनेको बताउँदै अध्यक्ष डिएमले रोग नियन्त्रण भएपश्चात् समितिको तर्फबाट धार्मिक क्षेत्रमा गर्नुपर्ने सेवा निरन्तररूपमा अगाडि बढ्ने जानकारी अनलाइन खबरलाई दिनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *