Home > मुख्य समाचार > गुल्मीमा ट्याक्टर दुर्घटना :चालकको मृत्यु,सहचालक घाइते

गुल्मीमा ट्याक्टर दुर्घटना :चालकको मृत्यु,सहचालक घाइते

चुणामणि शर्मा -गुल्मी

२१ साउन, काठमाडौं ।गुल्मीमा ट्याक्टर दुर्घटना हुदा चालकको मृत्यु भएको छ। दुर्घटनामा परेर ट्याक्टर चालक रुरुक्षेत्र गाउँपालिका वडानम्बर–५ निवासी ३३ वर्षीय दीपक माझीको मृत्यु भएको जिल्ला ट्राफिक प्रही कार्यालय गुल्मीले जानकारी दिएको छ।

बुधबार राति जिल्लाको सत्यवति गाउँपालिका वडानम्बर–६ तल्लो हटियामा लु३त ३९९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

सत्यवतिको हटियास्थित जुनियाबाट खैरेनीतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटनामा परेको थियो। दुर्घटनामा सहचालक समान्य घाइते भएको प्रहरीले अनलाइन खबरलाई जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *