असार १८ काठमाडौं, गोरखामा निरन्तरको बर्षापछि गोरखा आँबुखैरेनी गाउँपालिका २ एक्लेफाँट जोड्ने मस्र्याङ्दी नदीमाथिको झोलुंगेपुल खोलाले भत्काएको छ ।
बिहिबार पुल बगाएपछि गोरखाको गोप्लिङ, गोर्बुङ, सलाङ्गिरी र छाकुका दुईसय १४ घरधुरीका बासिन्दा राजमार्ग जानबाट बञ्चित भएका छन् । राजमार्गबाट प्रसिद्ध अकला मन्दिर जाने बाटो पनि अबरुद्ध भएको छ ।