Home > मुख्य समाचार > बाढी पहिरोका कारण देशका १४ वटा सडक खण्ड ठप्प,प्रहरीले अत्यावश्यक काम नपरि यात्रा नगर्न आग्रह

बाढी पहिरोका कारण देशका १४ वटा सडक खण्ड ठप्प,प्रहरीले अत्यावश्यक काम नपरि यात्रा नगर्न आग्रह

फाइल तस्बिर

असार१८ काठमाण्डाै – बाढी र पहिरोका कारण देशभरका १४ सडक खण्ड बन्द भएको छ। सडक विभागले दिएको जनकारी अनुसार ४९ सडक एकतर्फी मात्र सञ्चालन भइरहेको बताएको छ । नारायणघाट-मुग्लिङ सडक खण्ड अहिले पूर्ण रुपमा बन्द भएको छ । चारकिलो र पाँचकिलोमा पहिरो बढीको कारणले बिहानैदेखि सडकमा सवारी बन्द भएको प्रहरीले जनकरी दिएको छ ।

पहिरो हटाउने काम भइरहेको छ । निरन्तर सडकमाथिबाट ढुङ्गा पहिरो खसिरहेकाले जोखिम झनै बढेको भन्दै प्रहरीले अत्यावश्यक काम नपरि यात्रा नगर्न समेत आग्रह गरेको छ ।उता मकवानपुरको भीमफेदीबाट-कुलेखानी हुँदै काठमाण्डौ आउने सडक पनि बन्दनै छ ।बन्द रहेको सडक खण्ड ठोरी–घयाम्पेसा र आरुघाट– भरतपुर–मुग्लिङ आबुखैरेनी––रोइला भञ्ज्याङ गोरखा–सिर्दिवास सडक खण्ड पनि अझै खुलेको छैन ।उता मनाङको डुम्रे बेसीसहर-चामे सडक खण्ड पनि ठाउँ-ठाउँमा पहिरो र बढीको कारण बन्द रहेको छ ।

नोक्सानी पुगेको सडक खण्ड खुल्न समय लाग्ने सडक विभागले जनाएको छ । अरनिको राजमार्ग अन्तर्गत पर्ने खाडीचौर-कोदारी सडक खण्ड पनि अझै सञ्चालनमा आउन सकेको छैन । गएको असार २ गते बन्द भएको यो सडक खण्ड खुलाउने प्रयास भने भइरहेको प्रहरीले च्छोरोल्पा अनलाइन खबरलाई बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *