मनोज जंग कार्की
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय नेता एवं समाजसेवी सोभित उप्रेतीको पहल तथा समन्वयमा चिनिया कम्युनिष्ट पार्टीले राप्रपालाई उपलब्ध गराएको सहयोग कोरोना संक्रमणको दोस्रो भेरियण्टबाट प्रभावित दोलखा जिल्लामा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरिएको छ।
उक्त स्वास्थ्य सामग्री जिलाको आठ वटा स्वास्थ्य चौकी, कालिञ्चोक स्वास्थ्य चौकी, लामिडाँडा स्वास्थ्य चौकी, लापिलाङ स्वास्थ्य चौकी, सुन्द्रावती स्वास्थ्य चौकी, झ्याकु स्वास्थ्य चौकी, मार्वु स्वास्थ्य चौकी, विगु स्वास्थ्य चौकी र सुष्पाक्षमावती स्वास्थ्य चौकीलाई एक÷एक थान अक्सिजन कन्सनट्रेटर स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरिएको राप्रपा दोलखाको अध्यक्ष राजन सिवाकोटीले च्छोरोल्पा अनलाइन खबरलाई बताउनु भयो ।
शिवाकोटीले नेपाली सेनाको तारादल गण, नेपाल प्रहरीलाइ चार हजार थान मास्क तथा १० लिटर सेनिटाइजर समेत उपलब्ध गराइएको बताउनु भएको छ ।
त्यसैगरी राप्रपा दोलखाले नेपाल पत्रकार महासंघ दोलखा शाखा जिल्ला भित्र रहेको प्रत्येक पत्रिका अनलाईन खबरहरुलाई दुई सय थान मास्क तथा आधालिटर सेनिटाइजर, रेडियोहरुलाई पाँच सय थान मास्क, पाँच लिटर सेनिटाइजर तथा एक थान अक्सी मिटर उपलब्ध गराइएको छ ।
स्थानीय स्वास्थ, सुरक्षालगायत विभिन्न संघसंस्थाका प्रतिनिध र नागरिकको रोहबरमा सामग्री हस्तान्तरण गरिएको राप्रपा दोलखाको अध्यक्ष सिवाकोटीले जानकारी दिए।
स्थानयि स्वास्थ्य चौकीको माग र आवश्यकतालाई ध्यान दिँदैै नेता सोभित उप्रेतीले स्वास्थ्य सामग्रीको पहल गरेका थिए।काठमाण्डाैमा राप्रपा दाेलखाकाे लागि स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा सहभागि बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, राप्रपाका नेता एवम् समाजसेवी साेभित उप्रेती, राप्रपा नेता सुन्दरप्रकाश खड्का NCTIA को अध्यक्ष अन्जु पौडेलले उक्त स्वास्थ्य सुरक्षा समाग्री वितरणको लागि हस्तान्तरण गरिएको थियो ।
कोरोना संक्रमणको दोस्रो भेरियण्टबाट प्रभावित दोलखालाइ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय नेता एवं समाजसेवी सोभित उप्रेतीले जिल्लामा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण तथा भिभिन्न स्वास्थ्य सामग्री अक्सिजन कन्सनट्रेटर महामारी प्रभावित स्थानहरुमा पहल र सहयोग गर्दै आउनु भएको छ ।