Home > राजनिती > राजाको छोरा राजा हुने दिन गइसके, : गगन थापा

राजाको छोरा राजा हुने दिन गइसके, : गगन थापा

 

 संवाददाता :

सन्तोष श्रेष्ठ

कास्कीको उपनिर्वाचनमा आफ्ना उम्मेदवारलाई भोट माग्न आएका कांग्रेसका युवा नेता गगन थापाले रवीन्द्र अधिकारीको उत्तराधिकारीको रूपमा विद्या भट्टराईलाई जिताउन नहुने बताएका छन्।

शनिबार नेपाली कांगेसद्वारा पोखरामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेता थापाले राजाको छोरा राजा हुने व्यवस्थाको अन्त्य भइसकेको बताउदै रवीन्द्र अधिकारीको उत्तराधिकारीका रूपमा पत्नी विद्या भट्टराई जिताउन नहुने बताएका हुन्।

 

‘गणतन्त्रमा रवीन्द्र अधिकारीको योगदान महत्त्वपूर्ण छ,’ उनले भने, ‘अहिले त्यै योगदान मिसिएको गणतन्त्रमाथि प्रहार गर्ने खेल कास्की २ को उपनिर्वाचनमा भइरहेको छ। विद्यालाई चुनावमा उठाउनु र जनताले मतदान गर्नु गणतन्त्रमाथिको प्रहार हुनेछ।’

गणतन्त्रलाई थप संस्थागत गर्न कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई जिताउनु पर्ने उनको भनाइ थियो। उनले कास्कीका जनतालाई सहानुभूतिका आधारमा नभई देशमा गरेको योगदानका आधारमा भोट हाल्न मतदातालाई आग्रह गरेका थिए।

 

 

गत प्रतिनिधि सभाको चुनावमा कास्की-२ बाट विजयी सांसद रविन्द्र अधिकारीको निधन भएपछि सो क्षेत्रमा मङ्सिर १४ गते उपनिर्वाचन हुन लागेको हो। तेह्रथुमकाे आठराई चुहानडाँडामा एयरपाेर्टको सम्भाव्यता अध्ययनका लागि स्थलगत भ्रमण गरी फर्किएका तत्कालिन पर्यटनमन्त्री अधिकारीको हेलिकोप्टर दुर्घ’टनामा ज्यान गएपछि प्रतिनिधिसभा सदस्यको पद रिक्त छ ।

नेकपाले स्वर्गीय अधिकारीकी पत्नी विद्यालाई उम्मेदवारका लागि सर्वसम्मत रुपमा सिफारिस गरेको थियो भने नेपाली कांग्रेसका तर्फबाट खेमराज पौडेलले टिकट पाएका थिए।

सो क्षेत्रमा साझा पार्टिकी रजनी केसी र समाजवादिका धर्मराज गुरुङ पनि बलियो दाबेदारको रुपमा देखिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *