Home > मौसम > मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार,आजको मौसम कस्तो छ ? हेर्नुस

मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार,आजको मौसम कस्तो छ ? हेर्नुस

 असार १६ गते (बुधबार)-मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार

मौसम विश्लेषण :

देशभर मनसुनी  वायुको  सक्रिय प्रभाव रहेको छ । हाल देशको तराई भू-भाग नजिक  मनसुनी न्युन चापिय रेखा (monsoon trough) रहेको छ।

हाल मौसमको अवस्था:

हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश १, २ बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

 दिउँसोदेशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश  १, प्रदेश २, बागमती, लुम्बिनी  र गण्डकी प्रदेशका   थोरै स्थानहरुमा  भारी वर्षा तथा  एक वा दुई स्थानहरुमा  धेरै  भारी वर्षाको सम्भावना रहेको छ  ।

राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका  थोरै स्थानहरुमा  भारी वर्षा तथा  एक वा दुई स्थानहरुमा  धेरै  भारी वर्षाको सम्भावना रहेको छ  ।

 

  साभार  – नेपाल सरकार

ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मिति:२०७८०३१६ बिहान ६:०० बजे)

Leave a Reply

Your email address will not be published. Required fields are marked *