Home > मुख्य समाचार > सम्भाबनाको अर्को नाम : जितेन्द्र कुमार श्रेष्ठ

सम्भाबनाको अर्को नाम : जितेन्द्र कुमार श्रेष्ठ

 अर्जुनराज भण्डारी

असार, १५ ललितपुर- श्राबण १२ बाट नेपाली कांग्रेसको १४ औ महाधिबेशन सुरु हुने घोषणा भय लगत्तै केन्द्र देखी स्थानिय स्तर सम्मको आन्तरिक भेटघाट र छलफलको कार्यले तिब्रता पायको छ ! कतिपय क्षेत्रमा कृयाशिल सदस्यको बिबाद टुङगो लाग्न अझै बाकिनै भयपनी अधिकांस ठाउमा यसले निकास पाइसकेका कारण कार्यकताहरुलाई एक महिना अगाडिबाटै आफ्नो पक्षमा लबिङ गर्न सम्भाबित उमेद्वारहरुलाई समेत सजिलो भयको छ भने अघिल्ला महाधिबेशनहरुमा देखियको जस्तो अस्वस्थ गुटगत राजनीतिबाट यो पटक पार्टिलाई बचायर लैजान सक्ने नेत्रित्त्वको खोजी गर्न युबा कार्यकर्ताहरुलाई पनि केही सहज भयको देखिन्छ !

ललितपुर जिल्लामा पनि यो सगर्मी निकै बढेको छ र थुप्रै नेताहरुको पंतिमा जितेन्द्र कुमार श्रेष्ठले पनि आफुलाई जिल्ला सभापतिको बलियो उमेद्वारका रुपमा प्रस्तुत गरेका छन ! १३ औ महाधिबेशनबाट थोरै मतान्तरले पराजित यिनी यो पटक ललितपुरको कांग्रेसी राजनीतिमा भने आकर्शणको केन्द्र बनेका छन ! २०४३ सालमा नेपाल बिद्यार्थी सँघबाट बिद्यार्थी राजनीतिमा प्रबेस गरेर वडा ईकाइ सभापती, छेत्रीय कोशाध्यक्ष,महाधिबेशन प्रतिनिधि,छेत्रीय सचिब हुँदै जिल्ला सदस्य, जिल्ला कोशाध्यक्ष,महाधिबेशन महासमिती सदस्य भयर तीन दशक लामो कांग्रेसी राजनीतिमा आफुलाई सकृय योद्दाका रुपमा प्रस्तुत गरिसकेका छन !

नम्र शैली,हसमुख चेहेरा र प्रस्ट बक्ता यिनी हरेक पार्टिभित्र आफ्नो मनपरेको नेताको पक्षमा उभिनुलाई गुट भनियपनी यो अस्वस्थकर भैदिनाले नराम्रो सुनियको र देखियको हुनाले यसलाई स्वस्थकर पार्न आफ्नो ठाउबाट कुनै कशुर नछोड्ने बतायका छन ! अघिल्लो महाधिबेशनमा गाउँ वडा देखी जिल्ला सम्मका कार्यकर्ताले पाउने अपनत्त्व प्रतीपक्षले पायको गुनासो गर्दै यिनले यो पटक प्रत्यक कार्यकर्ताको अपनत्त्व र योगदानलाई स सम्मान राखेर अघी बढ्नुपर्नेमा समेत जोड दिय !

जितेन्द्र कुमार श्रेष्ठ
जितेन्द्र कुमार श्रेष्ठ

ललितपुर जिल्लाको बिकास सम्रिद्दी र लोकतन्त्रको हिमायती भयर आफु उभिने प्रतिबद्दता गर्दै यो पटकको १३ औ महाधिबेशनबाट आफुलाई जिल्ला सभापतीका रुपमा चयन गर्न ललितपुरका सम्पूर्ण कांग्रेसी कार्यकताहरुलाई यिनै नेता जितेन्द्र कुमार श्रेष्ठले अपिल समेत गरेका छन ! यस्तै गुटगत राजनीतिको प्रश्नमा पूर्व उपसभापती प्रमोद शर्माले नेत्रित्त्व छनौट र नितिका बिषयमा कांग्रेसले नयाँ रणनिती अवलम्बन गर्नुपर्नेमा जोड दिदै चुनावको मुखमा आयर कृयाशिल सदस्य बितरण गर्ने परम्परा को अन्त गर्ने हो भने मात्र पनि यो खेमा र चरम गुटको परिपाटी अन्त हुने बतायका छन !

कांग्रेसले आन्तरिक कलहका कारण पार्टिभित्रकै द्वन्दमा अल्झिरहेको आरोप खेपिरहेका बेला यि नेताहरुले दियको अभिब्यक्तीले ललितपुरका युबा कार्यकर्ताहरुमा थोरै भयपनी आशा पलायको देखिन्छ भने युबा पंतिका बिचारलाई समेट्दै हरेक सवालको सम्बोधन सहि तरिकाले होस भन्ने अपेक्षा आम कांग्रेसी मतदातामा छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *