अर्जुन राज भण्डारी
ललितपुर ६ असार– सडक स्तर उन्नती पस्चात शुभ श्री टोल बिकास सस्थाको शुभ श्री मार्गको शनिबार उद्घघाटन भयको छ !
शहरी बिकास मन्त्रालय अन्तरगत सडक डिभिजन कार्यलय मार्फत आयको २० लाख रकम कार्यन्वन भयपछी स्तर उन्नती भयको सडक उद्घघाटन भयको हो ! रिबन काटेर उद्घघाटन गर्दै नेपाली कांग्रेस ललितपुरका जिल्ला सभापति मदन अमात्यले शुभ श्रीङ्खला टोलका बासिन्दालाई शुभकामना दिदै खेती योग्य जमिनमा बस्ती बढायर मात्र नहुने र बढेको बस्तिमा आबस्यक पूर्वधार बिकास पुर्याउन सक्नुलाई मात्र डेभलपमेन्ट मानिन्छ भन्दै आफ्नो भोटरको घरमा मात्र मोटर बाटो पुर्याउने लक्ष बोकेका नेताहरुका दिन अब सकियको बतायका छन !
त्यस्तै सहभागि अर्का जनप्रिय स्थानिय नेता पवन बिक्रम थापाले अब्यबस्थित र मनपरी ढंगले प्लानिङ गरेर बढेका बस्तीका सडकहरु अबको २० बर्ष पछी असन ईन्द्रचोक जस्तो हुने भयकाले त्यो हुनबाट रोक्न खबरदारी स्थानिय तहबाटै हुनुपर्ने बताउदै बनिसकेका बाँकी सडकको स्तरउन्नतिका लागि आफुले पनि बिशेष पहल थाल्ने बतायका छन !
नेपाली कांग्रेस महालक्ष्मी नगरपालिका १ २ ३ ४ समन्वयमा समिती संयोजक प्रकाश पराजुलीले ४ नम्वर वडामा अहिलेको स्थानिय सरकारले भेगिय बिभेद गरेको हुँदा त्यसको घोर भत्सर्ना समेत गरे ! कार्यक्रममा युबा समाजसेवी मंगल थापाले अबको आर्थिक बर्षमा लडेर भयपनी बस्तिभित्रका यथासक्य सडक पिचका लागि गरिने पहलमा कुनै कशुर नछोड्ने बतायका छन , सुरेस थापा,शंकर सिंह, शंकर प्रशाद दाहाल,रेशम तामाङ लगायतका दर्जनौ युबा नेत्रित्वको जमात रहेको कार्यक्रमको सभापतित्व भने शुभ श्री टोल बिकास सस्थाका अध्यक्ष रमेश थापाले गरेका हुन !