६ असार, काठमाडौं । द बर्गर हाउस एन्ड क्रान्ची फ्राइद्वारा शनिबार हेलम्बुमा पहिरोबाट घरबारविहीन परिवारलाई राहत प्रदान गरेको छ। बाढीले घरबार विहीन भएका परिवारलाई रासनपानीको अभाव भएकालाई खाद्य सामग्री प्रदान गरेका हुन् ।
हेलम्बु जाने बाटो पहिरोले बगाएपछि त्यहाँ बाढीले क्षतिग्रस्त स्थानका परिवारहरू केही दिनदेखि राहत नपुगेको खबर पाएपछि राहत सामग्रीसहित गएको बर्गर हाउसका संस्थापक वसन्त लामाले जानकारी दिनुभयो ।
संस्थापक लामाले दिएको जानकारी अनुसार १ सय बोरा चामल‚ तेल‚ चाउचाउ‚ साबुन‚ त्रिपाल‚ जिरा स्पाइस‚ चिल्ली स्पाइस‚ टरमिक स्पाइस लगायतका सामग्री प्रदान गरेका हुन् ।
लामाका अनुसार करिब बर्गर हाउसबाट २ लाख २४ हजार ६०८ र सर्लाहीका अभियन्ता सन्जीव मोक्तानबाट २ लाख ७१ हजार ६९० गरी ५ लाख ३४ हजार ३०८ रुपैयाँ बराबरको सामग्री प्रदान गर्नु भएको छ।
यसअघि पनि बर्गर हाउसले करिब १२ लाखको राहत मेलम्चीका बाढी पीडितलाई प्रदान गरेको थियो । हाउसका संस्थापक वसन्त लामले भने,‘यो पीडा थाहा पाउने बित्तिकै राहतका लागि हामी तयार भयौँ, अहिले उनीहरूलाई अभाव रहेको रासनपानी व्यवस्था गरेका छौँ ।