Home > राजनिती > दाङ उपनिर्वाचनः कांग्रेसले जित्ने लगभग निश्चित, कम्युनिष्टहरू विचलित

दाङ उपनिर्वाचनः कांग्रेसले जित्ने लगभग निश्चित, कम्युनिष्टहरू विचलित

सन्देश कोइराल

संवाददाता

दाङ– आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको दाङ क्षेत्र नम्बर ३ (ख)मा राप  ताप दुवै बढेको छ । उपनिर्वाचनका यस क्षेत्रमा १२ दलसहित २ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छन् । तर, यहाँ मुख्यरुपमा नेपाली कांग्रेस र नेकपा विच नै प्रतिस्पर्धा हुने देखिएको छ । दाङका तत्कालीन प्रदेश सभा सदस्य उत्तरकुमार ओलीको सडक दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । नेपाल कम्युनिस्ट पार्टीले यहाँ पनि उपनिर्वाचनमा उत्तरकी श्रीमती विमला ओलीलाई टिकट दिएको छ । कांग्रेसले पुराना नेता केशवराज शर्मालाई चुनावी मैदानमा उतारेको छ ।

 

 

सअघिको निर्वाचनमा दाङबाट उत्तर कुमार ओलीले तत्कालीन माओवादीको समर्थन पाएका थिए । तत्कालीन एमालेबाट उठेका ओलीले २३ हजार ९ सय ७० मत ल्याएका थिए । त्यति बेला उनका मुख्य प्रतिस्पर्धी थिए, कांग्रेसका बुद्धिराम भण्डारी । भण्डारीले त्यो निर्वाचनमा १७ हजार ५ सय ३५ मत ल्याएका थिए । उनीहरुबीच ६ हजारभन्दा बढीको मत भिन्नता रहेको थियो । अहिले दाङमा ३ हजारभन्दा धेरै मतदाता थपिएका छन् । त्यसैले यी तीन हजार मतादाता नै यसपटक कसलाई जिताउने भन्नेमा निर्णायक हुने छन् । दाङ ३ मा भएका स्थानीय तहमा नेकपाभन्दा नेपाली कांग्रेस बलियो देखिन्छ । यसैपनि दाङको चुनावी परिणाम अनुमान गर्न सकिँदैन ।
यहाँ प्रत्येक पटक भएका निर्वाचनहरुमा अनुमानभन्दा फरक मत परिणाम आएका छन् । ०६४ सालमा दाङका सबै निर्वाचन क्षेत्रमा तत्कालीन माओवादीले जित दर्ता गरेको थियो । ०७० सालमा भएको संविधान सभाको दोस्रो निर्वाचनमा यी पाँचै स्थानमा कांग्रेसले जित हात पारेको थियो । फेरि २०७४ सालको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा कांग्रेस दाङका सबै क्षेत्रमा पराजित भयो । कांग्रेसले प्रदेश सभामा दाङ ३ (क)मा जित हासिल गरेको थियो । त्यसैले यसपटक पनि दाङमा सोचिएको भन्दा भिन्न परिणाम आउने धेरैको अनुमान छ । यो पटक यो क्षेत्रमा कांग्रेसले जित्ने सम्भावना देखिन्छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *