Home > मुख्य समाचार > भिरबाट खसेको ढुङ्गा लागेर एक सैनिकको मृत्यु,

भिरबाट खसेको ढुङ्गा लागेर एक सैनिकको मृत्यु,

नरेन्द्र बडू   

६ असार २०७८, –बाजुराको पूर्वी उत्तरी भेगकोजगन्नाथ गाउँपालिकाको वडा न ३ मा पर्ने कर्णाली करिडोरमा माथीबाट खसेको ढुङ्गा लागेर एक जना नेपाली सेनाका मृत्यु भएको छ।

कर्णाली करीडोरमा काम गर्ने नेपाली सेनामा कार्यरत बर्ष ३८ का दिल बहादुर भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ। मृत्यु भएको भण्डारी बाजुराकै हिमाली गाउँपालिका वडा न ४ कै रहेको बुझिन आएको प्रहरीले जनाएको छ ।

उनको मृत्यु बारे थप बुझ्न नेपाल प्रहरीको टोली घटना स्थलतर्फ गएको प्रहरीले जनाएको छ । उनको मृत्युबारे आइतबार बिहान प्रहरीलाइ जानकारी भएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *