काठमाडौ ५ असार,। करिब दुई महिनाको लकडाउनले हुँदा निकै आत्तिएका छन् । मजदूर वर्गलाई लकडाउनले निकै समस्यामा पारेको छ । मजदूरी गरेर जीविकोपार्जन गर्नुपर्ने व्यक्तिहरु अब लकडाउन खुल्ने आशमा छन् ।
यसै कुरालाई ध्यानमा राख्दै देशभर जारी लकडाउनको स्वरुप परिवर्तन हुने भएको छ । को-भिड-१९ सं’कट व्यवस्थापन केन्द्रको बैठकले लकडाउनको स्वरुप परिवर्तन गर्ने र स्मार्ट लकडाउन जारी गर्ने निर्णय गरेको हो ।जसअनुसार सातामा दुई दिन बिदा हुने गरी निजी र सार्वजनिक सवारी-साधनमा जोर-बिजोर लागु गरिने भएको छ ।
सरकारी कार्यालय र अन्य सीमित क्षेत्र खुलाउने निर्णय गरिएको बताइएको छ । कुन-कुन क्षेत्रमा के-के गर्न दिइने भन्नेबारे अवस्था बुझेर निर्णय गरिने सीसीएमसीका कार्यकारी निर्देशक बालानन्द शर्माले जानकारी दिएका छन् । शर्माका अनुसार असार ७ पछि पनि लकडाउनले निरन्तरता भने पाउनेछ ।
को’रोना संक्रमणदरको अवस्थाबारे विश्लेषण गरेर त्यसैअनुरुप स्वास्थ्य मा’पदण्डमा कडाइ गरी चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउँदै लगिनेछ बताइन्छ ।अब अन्य व्यापार, व्यवसाय खुलाउन दिइने भएको छ । स्मार्ट लकडाउन जारी भएपछि समय तोकेर विभिन्न किसिमका पसलहरु खोल्न दिइनेछ ।
खाद्यान्न पसललाई ९ बजेसम्म खोल्न दिने गरी समय तोकिनेछ । कपडा पसल, इलेक्ट्रोनिक पसल १० देखि १२ बजेसम्म खोल्ने समय मिलाइनेछ । यस्तै, हार्डवेयर पसल दिउसो १ देखि ४ बजेसम्म खोल्न दिइने समय तालिका बनाइनेछ । विकास निर्माण क्षेत्र र अत्यावश्यक उद्योग स्वास्थ्य माप’दण्ड पालना गरी खोल्न दिइने बताइन्छ ।