Home > मुख्य समाचार > सेनाको हेलिकप्टरले मनाङमा,बाढीकाे जोखिममा रहेकाहरूको उद्धार

सेनाको हेलिकप्टरले मनाङमा,बाढीकाे जोखिममा रहेकाहरूको उद्धार

३ असार २०७८,-बिहिवार-सेनाको हेलिकोप्टरले बाढीबाट प्रभावित मनाङमा जोखिममा रहेकाहरूका हरुलाई उद्धार गर्न थालेको छ । बिहीवार बिहानदेखि सेनाको एउटा हेलिकप्टरमार्फत उद्धार थालिएकाे मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनु भएको छ ।

बिहिवार बिहानै ताल गाउँका २४ जनाको उद्धार गरिएको छ । बाढी आएपछि ढिस्कोमा बस्दै आएका उनीहरूलाइ सेनाले उद्धार गरिएको हो । उनीहरूलाई अहिले सुरक्षित ठाउँमा ल्याइएको छ।

बाढीले मनाङको ताल गाउँ, चामे लगायत विभिन्न ठाउँमा झन्डै ६ सय जना विस्थापित परेको छ। मङ्गलवारको बाढीले तिमाङ खोलाको बेलिब्रिज, मनाङको नयाँ बजारमा रहेको घट्टेखोलाको काठेपुल समेत बगेको छ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलसहितकाे टोली आजै मनाङ जाने गएको छन । गृह मन्त्रालयको समन्वयमा हेलिकप्टर व्यवस्थापन गरी राहत सामग्रीसहित मनाङ जान लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *