जेठ,२९ काठमाडौं। कृष्णचन्द्र नेपाली पोखरेल गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनु भएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नु भएको हो ।
गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।
३० दिनभित्र उनले प्रदेशसभाबाट विश्वासको मत लिसक्नु पर्ने छ ।