जेठ, २९ जेठ, काठमाडौं । २४ घण्टामा ३ हजार ३८४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
६ हजार २९५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
८ हजार ५०६ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार ३८२ र ५ हजार ९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २ जना गरी कुल १४ हजार ४९४ नमुना परीक्षणमा ३ हजार ३८४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
मन्त्रालयको जानकारी आनुसार आज २४ घण्टामा कोरोना संक्रमणबाट थप ६१ जनाको मृत्यु भएको छ ।