Home > मुख्य समाचार > विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न वैद्यलाई नेपाली कांग्रेसको निर्देशन

विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न वैद्यलाई नेपाली कांग्रेसको निर्देशन

काठमाण्डाै २९ जेठ – नेपाली कांग्रेसले वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन समेत दिएको छ ।

शुक्रवार बेलुकी पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयम र सजगता राख्न सचेत समेत गराइएको छ उलेख गरिएको छ । अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै नभएको भन्दै नेपाली कांग्रेसले संसदमा संसदीय मर्यादाको पालना अनिवार्य पालनामा सचेत गराएको छ ।

हिंसाबाट शान्तिपूर्ण रुपान्तरणका लागि अरुलाई प्रेरित गर्दै संयोजन गरेको दलको कुनै पनि सदस्यबाट हिंसालाई प्रेरित गर्ने अभिव्यक्ति आउँदा त्यसलाई प्रतिरक्षा र ढाकछोप गर्ने पार्टीको नीति र संस्कृति नभएको कांग्रेसले प्रष्ट पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *