Home > समाचार > दोलखा शैलुङ गाउँपालिका ८ का युवा द्वारा दैनिक ज्याला मजदुरी गरेर खाने परिवारलाई राहात स्वरुप खाद्यान्न बितरण

दोलखा शैलुङ गाउँपालिका ८ का युवा द्वारा दैनिक ज्याला मजदुरी गरेर खाने परिवारलाई राहात स्वरुप खाद्यान्न बितरण

मनोज जंग कार्की

जेठ,२९ काठमाडौं – दोलखामा शैलुङ गाउँपालिका सामाजिक काममा सक्रिय दुइ युवाले पालिका ८ काठमाडौंमा बसोबास गर्ने बिपन्न परिवारमा राहत प्रदान गरेका छन् । कोभिड महामारीका समयमा समस्यामा रहेका गाउटोलका बिपन्न समुदायलाई दुख र अफ्ठ्यारोमा साथ दिन राहत स्वरुप खाध्याना वितरण गरेको हो ।

कोभिड नियन्त्रणका लागि जारी एक महिने लामो निषेधाज्ञाले आम समुदायमा अफ्ठ्यारो परेको महसुस गर्दै केही न केही मलम लगाउन सहयोग गरेको सामाजिक काममा सक्रिय समाजसेवी शंकर बस्नेतले बताउनुभयो ।”पीडा विश्वव्यापी बनेको कोभिडले पुर्‍याएको असर र दैनिक गुजारा टार्नुपर्ने परिवारमा छ बस्नेतले भन्नुभयो-यही अफ्ठ्यारोमा खान, समस्या भएकाहरुलाई हामीले युवा मिलेर केहि राहत प्रदान गरेको हो च्छोरोल्पा अनलाइ खबरसग कुरा गर्दै उहाले सैलुङ गाउँपालिका वडा न ८ का काठमाडौंमामा बसोबास गर्ने तेतिस परिवारलाई २ दिन सम्म भएपनि यो बेला घर घरमा पुरायारा राहात बितरण गरिसकेको बताउनु भयो ।

शैलुङ गाउँपालिका स्थानीय नेता समेत रहेका अर्का अभियन्ता मोहन तामांङले विश्वभरि फैलिएको कोरोना भाईरस कोभिड १९ बाट प्रभाबित रहेका गरिब परिवालाई राहात बितरण गरेको र लक लगडाउनले समस्यामा परेका नागरिकको समस्यालाई मध्यनजर गर्दै ३३ घरधुरिलाई २५ केजि चामल २ केजि दाल १ पोका नुन र १ पोका तेल बितरण गरेर भन्दै गरिब दुखि र निमुखा परिवालाई आफुले कहिल्यै पनि पिडामा रहेको देख्न नसक्ने र आफु ले पनि गरिबको पिडा भोक्दै आएको हुदा आज गरिब र बिपन्न परिवारलाई राहात बितरण गरेको बताउनु भयो ।

यो अभियान मुख्यतया: विदेशमा रहेका दाजुभाईहरु लगायत नेपालमा रहेका राजनीतिज्ञ‚ निर्माण व्यवसायी लगायतको खल्तीको सहयोगले सफल भएको अभियन्ता बस्नेतले जानकारी दिए ।वडामा अथवा काठमाडौंमा कतै यस्तो अभावमा कोहि भए उनीहरुलाई सम्पर्क गर्न सकिने समेत उनीहरुले सामाजिक सन्जालमार्फत र विभिन्न व्यक्तिलाई खबर गर्न जानकारी दिएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *