२९ जेठ २०७८, शनिवार
गन्द बलव आर्द्रा , विश्व बालश्रम विरुद्ध दिवस
बिहानको ०६ : ०२
Jun 12, 2021
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।
आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।
आज शुभ समाचार सुन्न पाइनेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ ।
शुभकार्यको चर्चा चल्नेछ ।
जीवनसाथीको सल्लाहमा कार्य अधिक सफलता मिल्नेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतिष्ठित काम गर्ने मौका समेत मिल्नेछ ।
आज भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ।
व्यापारमा प्रशस्त फाइदा हुनेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
पारिवारिक सहयोग मिल्नेछ ।
लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् ।
मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।
आज तिर्थाटनको योगछ ।
नयाँ कार्यको थालनी हुनेछ ।
आत्मिक सन्तुष्टि मिल्नेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।
काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।
मित्रबाट विशेष सहयोग मिल्नेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाईनेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज तपाइले अतिथिका रूपमा सम्मान पाइनेछ ।
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
तपाईँका मेहनतको प्रसंसा गर्नेछन् ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
गरेको काममा ढिलासुस्ती हुनेछ ।
आज पारिवारिक समस्या आइपर्ला ।
नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।
रमणीय र टाढाको यात्रा फलदायी हुँदैन ।
आकस्मिक धन लाभ हुनेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साथिभाइसाग सुखद् यात्राको योग छ ।
आज नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।
जोश जाँगर र हिम्मत झन् बढ्नेछ ।
दैनिक कार्यहरूमा प्रगति हुनेछ । – ज्यो.प.नबराज मैनाली