काठमाडौं, २७ जेठ । काठमाडौं महानगरपालिकामा कोभिड–१९ विरुद्धको खोप अभियान रोकिएको छ ।
सरकारले अहिले खोप उपलब्ध गराउन नसकिने जानकारी दिएपछि खोप कार्यक्रम स्थगित भएको महानगरका स्वास्थ्य विभाग प्रमुख हरि कुँवरले जानकारी दिनु भएको छ ।
जेठ २५ गतेदेखि ६०–६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई चिनियाँ खोप (भेरोसेल) दिने अभियान काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको थियो । तर पर्याप्त खोप उपलब्ध हुन नसकेपछि महानगरले फेरी अर्को सूचना जारी नभए सम्माको लागि खोप लगाउनको स्थगन गर्नुपरेको अनलाइन खबरलाई जानकारी दिनु भएको छ ।