Home > देश प्रेमी > एक राज्यमन्त्रीले सात मन्त्रीले लिए पद तथा गाेपनीयताकाे शपथ

एक राज्यमन्त्रीले सात मन्त्रीले लिए पद तथा गाेपनीयताकाे शपथ

काठमाण्डाै २७ जेठ -मन्त्रिपरिषद्का नवनियुक्त सदस्यहरूले बिहीवार पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । शीतल निवासमा आज ४ बजे सात जना मन्त्री एक राज्यमन्त्रीले पद तथा गाेपनीयताकाे शपथ लिनु भएको छ ।सात जना मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक जान राज्यमन्त्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहण गराउनुभएकाे हाे ।

प्रधानमन्त्री केपी ओलीले सात जना मन्त्री र एक राज्यमन्त्रीलाइ आज थप्दै मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । यसअघिको मन्त्रिपरिषद् विस्तारबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामा छ । यस्तो पनि प्रधानमन्त्रीले फेरि आज सात जना मन्त्री एक जना राज्यमन्त्री थपेका छन् ।

गृह मन्त्रीमा खगराज अधिकारी, सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नैनकला थापा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा जनता समाजवादी पार्टीका राजकिशोर यादव, गणेश पहाडी सामान्य प्रशासन मन्त्री, नारदमुनि राना वन मन्त्री, ज्वालाकुमारी साह कृषि, मोहन बानियाँ विना विभागीय र आशा विक वन राज्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।यस्तै गणेश पहाडी माधवकुमार नेपाल पक्षका हुनुहुन्छ ।

आज राजकिशोर यादवले शपथ लिएसँगै जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षबाट सरकारमा सहभागी मन्त्रीको सङ्ख्या ११ पुगेको छ । २० जना सांसद रहेका महन्थ ठाकुर पक्षका ११ जना मन्त्री सरकारमा सहभागी रहेका छन् । मन्त्रिपरिषद् विस्तार भएसँगै मन्त्रीको सङ्ख्या २५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *