Home > कृषि > बंगलादेशबाट नेपाल आइपुग्यो ३२ हजार पाँच सय मेट्रिक टन युरिया मल

बंगलादेशबाट नेपाल आइपुग्यो ३२ हजार पाँच सय मेट्रिक टन युरिया मल

काठमाडौं २६ जेठ । बंगलादेमा खरीद गरिएको ३२ हजार पाँच सय मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी) मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा सो परिमाणका युरिया मल आइपुगेको हो ।

जिटुजी सम्झौता अनुसार बंगलादे सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिक टन युरिया मल उपलब्ध गराउनेछ । तीमध्ये बाँकी रहेको १७ हजार ५ सय मेट्रिक टन युरिया मल आउने क्रममा रहेको बताएको छन् । बाँकी रहेको मल कोलकाता बन्दरगाहको बाटो गरी रेलमार्गवाट वीरगञ्जको सिर्सियास्थित सुख्खाबन्दरगाह भन्सार कार्यालयमा आउने छ ।

सम्झौता अनुसार हालसम्म नेपाल सरकारले सबै मल प्राप्त गरी सक्नु पर्नेमा अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण सबै क्षेत्र प्रभावित भएकाले बाँकी मल आउन ढिलाई भएको बताए । नेपाल सरकारले धानको सिजनमा मलको अभाव हुन नदिन बंगलादेबाट ५० हजार मेट्रिकटन मल ल्याउन लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *